

आँधिखोला गाउँपालिका–०५, जुग्ले मा रहेको आँधिखोला इङलिस बोर्डिङ स्कुलले ३ दिने दुना टपरी तथा बाती बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको छ। माघ १७ देखि १९ गते सम्म भएको उक्त कार्यक्रममा आँधिखोला गाउँपालिका–०५ मा रहेको जागृती आमा समुहले विध्यार्थीहरुलाइ प्रशिक्षण दिएको हो ।
विध्यालयले आधुनिक शिक्षा सङै परम्परागत सीपहरुको सम्बर्द्धन तथा प्रयोगलाई प्राथमिकता दिदै यस्ता किसिमका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको विध्यालयका प्रधानध्यापक स्मृति काफ्लेले जानकारी दिईन् । एकातर्फ स्थानीय श्रोत साधनको समुचित सदुपयोग हुने र अर्को तर्फ वातावरण मैत्री वस्तुहरु उत्पादन हुदै आएको उनले बताईन् । यस्ता प्रकारका सामाग्रीहरुले नेपाली सस्कृतीको चिनारी, संरक्षण र अबलम्बनमा उक्त किसिमका कार्यक्रमले ठूलो टेवा पुग्ने काफ्लेले भनाई छ ।

जागृती आमा समुहकी अध्यक्ष तारादेवी पौडेलले आधुनिकतासङै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणले यस्ता किसिमका परम्परागत सिपहरु लोप हुँदै गएको धारणा व्यक्त गरिन् । उनले विवाह, व्रतबन्ध विभिन्न पुजा तथा धार्मिक कार्यहरुमा प्रयोगमा आउने दुना टपरीको विशेषता अबको नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको बताउदै यस्ता धेरै कार्यक्रम आधिखोला बोर्डिङले गरिरहेकोमा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरिन् ।

नियमित पठनपाठनमा पनि असर नपर्ने गरि सार्वजनिक बिदाहरुको सदुपयोग गर्दै उक्त कार्यक्रम गरेको र किताबी ज्ञानसङै व्यबहारिक ज्ञानबाट पनि विध्यार्थीहरुले धेरै र सजिलै यस्ता सिपहरु सिक्न सक्ने विध्यालयका शिक्षीका शिला रानाभाटले बताईन् ।
३ दिने दुना टपरी तथा बाती बनाउदै मौलिक परम्परागत ज्ञान र,सीप हस्तान्तरण कार्यक्रममा विध्यार्थीहरुले सिक्ने क्रममा करिब ८० वटा दुना टपरी र २ हजार बाती बनाएका र उक्त दुना टपरी सरस्वती पुजाको दिन विध्यालयमै प्रयोग हुने भएको छ। कक्षा ३ देखि ६ सम्मका छात्र छात्रा दुबै गरि २८ जना विध्यार्थी कार्यक्रममा सहभागी भएका थिए।

स्मृति काफ्ले आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।
