



गण्डकी प्रदेश बिनाबिभागिय मन्त्री सिता कुमारी सुन्दासले सरकार जनताको कामको लागि बनेको बताएकी छन् । पुतलीबजार नगरपालिका ७ ठुलाडिही रियोले ट्रस पुलको शिलन्यास गर्दै सुन्दासले भर्खरै सरकार बनेकाले अब योजना बनाएर जनताको काममा लाग्ने बताइन् । सरकारले पुर्णता पाएसगै राजनैतिक दलसगँ समेत समन्वय गदै काममा जुट्ने उनको भनाई थियो ।
निर्वाचनमा गरेका बाचाँ पुरा गर्न आफु लाग्ने बताउदै सुन्दासले काम गर्नका लागि आफु सरकारमा आएको जिकिर गरिन् । आफुले पाएको मन्त्रालयबाट प्रदेशका हरेक जनतालाई हित हुने गरी काम गर्ने बताउदै सुन्दासले आफु एमालेबाट निर्वाचित भएपनि अब सबैको भएकाले सबै क्षेत्रमा काम गर्ने बताइन् ।

सरकारको झोलुङे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ३२ लाख ३१ ह्जार ५७८ रुपियाँ ३२ पैसा, पुतलीबजार नगरपालिकाको चार लाख ९४ हजार २४१ रुपियाँ ३९ पैसा र ७६ हजार ३७ रुपियाँ १४ पैसा जनश्रमदान गरी ३८ लाख एक हजार ८५६ रुपियाँ ८५ पैसा लागतमा पुल निर्माण हुने छ ।

हुदिखोलामा निर्माण गरिने ३२ मिटर लामो पुलको निर्माणको प्राबिधिक सहयोग अन्धा अन्धी सामुदायिक बिकास केन्द्रले गरेको छ । पुल असार मसान्त सम्म निर्माण सकिने र पुल निर्माणले मुख्य गरेर ३५० घर धुरीका नागरिक लाभान्विन हुने संस्थाका एक नारायण सापकोटाले जानाकारी दिए ।

अर्जुन काफ्ले आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।
