चापाकोटमा खुकुरी हानाहान, एमाले कार्यकर्ता घाईते

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

चापाकोटमा दुई पक्ष विच खुकुरी हानाहान हुदाँ एमालेका एक कार्यकर्ता घाईते भएका छन् । साँखरमा चुनाबी कार्यक्रम सकेर चापाकोट फर्कदै गरेको नेकपा एमालेको समूह र कांग्रेस निकटका युवाहरु विच विपीचोकमा खुकुरी हानाहान भएको थियो ।

दुई पक्ष विच खुकुरी प्रहार हुदाँ चापाकोट १० बस्ने वर्ष २७ का नेकपा एमालेका कार्यकर्ता नारायण हिस्कीमगर घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक का अनुसार घाईते मगरको टाउको र ढाडमा चोट लागेको छ ।

उनलाई चापाकोट अस्पतालमा उपचार गरी थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको बुझिएको छ । मगरलाई २७ वटा टाका लगाईएको चापाकोट नगरपालिका मेयर पदका उमेदवार नेकपा एमालेका नेता राजु कोईरालाले जानकारी दिए ।

घटनामा संलग्न फरार रहेकाले उनीहरुलाई खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । दोषीलाई कानुन अनुसार कारबाही गरिने समेत प्रहजीले बताएको छ । फरार अपराधीलाई खोज्न जिल्लाबाट समेत प्रहरी पठाईसकिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.