फेदीखोलाका शिक्षकहरू कोषमा औपचारिक रूपमा समावेश

आँधिखोला सेरोफेरो समाचार समाज

फेदीखोला गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा औपचारिक रूपमा समावेश भएका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरेको फेदिखोला गाउँपालिकाले पहिलो पटक औपचारिक क्षेत्रमा आबद्ध आफ्ना शिक्षक कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो ।

फेदिखोला गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने देशकै पहिलो स्थानिय तह हो भने शिक्षक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने पनि पहिलो नै रहेको छ ।

शिक्षकहरूको सेवाको सम्मान, भविष्यको सुरक्षा भन्ने मुख्य ध्येयले गाउँपालिकाभित्रका विद्यालयमा अध्यापनरत शिक्षक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । यसले सेवा स्थायित्व, अवकाशपछिको जीवन सुनिश्चितता, पारिवारिक सुरक्षाको ग्यारेन्टी गर्ने समेत अध्यक्ष सुवेदीको भनाई छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *