पक्राउ परेका बिरुवा ४ का अध्यक्ष गुरुङ भए रिहा

आँधिखोला सेरोफेरो समाचार समाज

आर्थिक लेनदेनको विवादका कारण पक्राउ परेका बिरुवा गाउँपालिका–४ का वडा अध्यक्ष मुक्त गुरुङ रिहा भएका छन् । ७० लाखको लेनदेनमा पहिलो पटक ४५ लाख भुक्तानी र बाँकी २५ लाख दोस्रो पटक दिने सहमतीमा वडा अध्यक्ष गुरुङ जिल्ला प्रहरी कार्यालय कास्कीबाट रिहा भएका हुन् ।

लेनदेनको विषयमा थप बुझ्न विरुवा गाउँपालिका ४ का अध्यक्ष गुरुङलाई सम्पर्क गर्दा उनको फोन उठ्न सकेने भने विरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले यसबारे आफुलाई केही थाहा नभएको जानकारी दिए ।

त्यसैगरी विरुवा ४ का सचिव श्रीराम वाग्लेले गएको जेष्ठ २५ गतेबाट वडा अध्यक्ष गुरुङ वडा कार्यालयमा नआएको बताए । वडा अध्यक्ष गुरुङले लिखित पत्र मार्फत वडा सदस्यलाई कार्यवहाक दिएर दुई महिनाको लागि विदा लिएको सचिव वाग्लेले जानकारी दिए ।

केही वर्ष पहिलाबाट संयुक्त व्यापार गर्दै आएका विरुवा गाउँपालिका–२, का गोविन्द थापाले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको बैंकीङकसुर सम्बन्धी दिएको उजुरीका आधारमा वडा अध्यक्ष गुरुङ पक्राउ परेका थिए । वडा अध्यक्ष गुरुङ २ रात ३ दिन प्रहरीको हिरासतको बसाई पछि गएको शुक्रबार निस्केको थापाले जानकारी दिए ।

रिहा भएका वडा अध्यक्ष गुरुङ गएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी वडा अध्यक्ष भए पश्चात नक्कली कागजपत्र बनाउन जिल्ला प्रशासन कार्यालय स्याङजा र भारतीय पेनसन क्याम्पमा सिफारीस गरेको आरोप लागेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *