स्याङ्जाको वालिङमा ॐकार कप आयोजना

स्याङ्जाको वालिङमा स्थापना भएको संस्था ॐ कार इभेन्टस हबले आफ्नो पहिलो कार्यक्रमको रुपमा फस्ट ॐकार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गरेको छ । वालिङ खेलमैदानमा आयोजना भएको सो प्रतियोगिता पौष २९ देखि माघ ३ सम्म चल्ने हबका प्रबन्धक नवराज पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने समुहले १ लाख रुपियाँ […]

Continue Reading

पुतलीबजार नगरपालिकाले दियो निशुल्क कुखुराको चल्ला तथा दाना वितरण अभियानलाई थप निरन्तरता

स्याङ्जाको पुतलीबजार नगरपालिकाले निशुल्क कुखुराको चल्ला तथा दाना वितरण अभियानलाई थप निरन्तरता दिएको छ । चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषी उत्पादनलाई प्रोत्साहन एवम् मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन गर्ने बलियो प्रयास अन्तर्गत पालिकाले पुतलीबजारका वडाहरु १२, १३ र १४ मा कुखुराको चल्ला तथा दाना वितरण गरेको हो । यस अघि अन्य […]

Continue Reading

खुमा फाउन्डेसनद्वारा महेन्द्र ज्योतिका ९३ विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण

स्याङ्जाको भिरकोट नगरपालिका ७ मा रहेको महेन्द्र ज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना तथा भिरकोट नगरपालिकाको समन्वयमा बुधबार सो विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको हो । भिरकोट नगरपालिका वडा न ७ को अनुरोध अनुसार विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुले अध्ययन […]

Continue Reading

पुतलीबजारको निशुल्क पशु स्वास्थ्य शिविर अभियान

स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु सेवा शाखाले आयोजना गरेको शिविर पुतलीबजार नगरपालिका वडा न ४ स्थित गणेशपुर स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको हो । सम्पन्न शिविरबाट ५० कृषकका एक सय पचास पशुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा बन्ध्याकरण, गोबर परिक्षण, निशुल्क औषधि वितरण, परामर्श लगायतका […]

Continue Reading

शुक्रबार अन्तराष्ट्रिय अण्डा दिवस, खुमा अर्याल फाउन्डेसनद्वारा स्याङ्जाका विभिन्न विद्यालयमा साङ्केतिक रुपमा अण्डा वितरण

शुक्रवार अन्तराष्ट्रिय अण्डा दिवस, अण्डाको उपयोगिता, महत्व र फाइदाको विषयमा चर्चा परिचर्चा सहित देशभर विविध कार्यक्रम गरि अन्तराष्ट्रिय अण्डा दिवस मनाइएको छ । स्याङ्जामा पनि विविध कार्यक्रम सम्पन्न भएका छन । दिवसको अवसरमा स्याङ्जामा खुमा अर्याल फाउन्डेसनले यहाँका विभिन्न पालिकाहरुमा अण्डा वितरण गरेको छ । सो फाउन्डेसनको आयोजना तथा नेपाल लेयर्स कुखुरा पालन संघ चाबहिल […]

Continue Reading

जिल्ला अस्पताले नै वितरण गर्छ म्याद गुज्रेका औषधी

पुतलीबजार नगरपालिकामा रहेको जिल्ला अस्पतालले नै म्याद गुज्रेका औषधी वितरण गर्ने गरेको पाईएको छ । जिल्ला अस्पताल भित्र प्राङगणमा रहेको फार्मेसीले विमाका विरामीहरुलाई म्याद गुज्रेका औषधी दिने गरेको तथ्य पत्ता लागेको हो । पुतलीबजार नगरपालिका–१, का मानसिक विरामी रामु गोदार (नाम परिवर्तन) ले प्रयोग गर्ने फ्लुम्याक्स–१० नामक औषधी म्याद गुज्रेको अस्पताल फार्मेसीले वितरण गरेको पाईएको […]

Continue Reading

साक्षी लामिछानेद्धारा ५० हजार सहयोग

पुतलीबजार नगरपालिका ११ घर भई अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी साक्षी लामिछानेले ५० हजार सहयोग गरेकी छन् । टेक्सासको कक्षा ५ मा अध्ययनरत लामिछानेले जम्मा गरेको रकम नेपाल आएका बेला सामाजीक अभियान्ता एवम् नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायलाई हस्तान्तरण गरेकी हुन् । सानैदेखी सहयोगी स्वभाव रहेकी १० वर्षीय लामिछानेले बालबालीकाको उपचारमा सहयोग पुग्ने हेतुले […]

Continue Reading

कर्मचारी संगठन स्याङ्जाले आयोजना गरेका रक्तदान कार्यक्रम

नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८१ को अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पेशागत आन्दोलनका क्रममा निधन भई शहिद घोषणा भएका शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, नेपाल रेडक्रस स्याङ्जाका सभापति दिनेश […]

Continue Reading

वालिङमा राजयोग प्रशिक्षण हुने

वालिङमा राजयोग प्रशिक्षण हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले यही वैशाख १६ देखि १९ गतेसम्म राजयोग मेडिटेसन प्रशिक्षण गर्ने भएको हो । वालिङ नगरपालिकाका जन प्रतिनिधिहरु र सञ्चारकर्मीसँग संयुक्त बैठक गरी ४ दिने राजयोग मेडिटेसन प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले मानिसको […]

Continue Reading

जिल्लामै पहिलो पटक एच ए को पढाई शुरु हुने

स्याङ्जा जिल्लामै पहिलो पटक (डिप्लोमा ईन जनरल मेडिसिन) एच ए को पढाई शुरु हुने भएको छ । वालिङमा रहेको पायोनियर्स हायर एजुकेशन एकेडेमी पाईनिअजमा चिकित्सा शिक्षा अन्तर्गत डिप्लोमा ईन जनरल मेडिसिन एच एको पढाई हुन लागेको हो । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सिटिईभिटीले सम्वन्धन पाएको पायोनियर्सले बिगत २८ वर्ष देखि प्राविधिक शिक्षाका विभिन्न […]

Continue Reading