सबै समाचारसमाचारसमाजआँधिखोला सेरोफेरोराजनीतिस्वास्थ्यमनोरंजनपत्रपत्रिका बाटकृषिअर्थखेलकुदNewsअन्तराष्ट्रिय
आँधिखोला सेरोफेरो · समाचार · समाज · स्वास्थ्य

आईसीसी स्याङजाद्धारा प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग

स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा भदौ १० गते बुधबार गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि समाजले कोषको क्यूआर मार्फत २० लाख आर्थिक सहयोग गरेको हो ।

आर्थीक सहयोग संकलनमा एनसीसी जापानले ४ लाख २९ हजार, एनसीसी अमेरिकाले ४ लाख २८ हजार, एनसीसी कतारले २ लाख ७० हजार, एनसीसी बेल्जियमले १ लाख ५० हजार, एनसीसी साउदी अरब, एनसीसी फ्रान्स र एनसीसी बहराईनले १÷१ लाख सहयोग गरेको संस्थाका अध्यक्ष मिन बहादुर क्षेत्रीले जानकारी दिए । संस्थामा अवद्ध एनसीसी दक्षीण कोरीया, एनसीसी युएई र एनसीसी अष्ट्रेलियाले पहिले नै लाखौ रुपैया सहयोग गरिसकेका छन् भने एनसीसी कुवेत, एनसीसी नेदरल्याण्ड्स, एनसीसी स्पेन, एनसीसी पोर्चुगल र एनसीसी बेलायतले समेत देश दुःखेको बेलामा आर्थिक सहयोग गरिसकेको महासचिव ओमप्रकाश पोख्रेलले जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष चिरन्जीवी ढकालका अनुसार सस्थागत सहयोग स्वरुप रमेश श्रेष्ठले १ लाख, अन्तराष्ट्रिय समन्वय समितिले ६३ हजार, नारायण शर्माले ५० हजार, हेमन्त रानाभाट र संस्थाका अध्यक्ष क्षेत्रीले २५ हजार, एनसीसी क्रोशिया, डेभिड गुरुङ र कमल न्यौपानेले २०÷२० हजार सहयोग गरेका छन् ।

सहयोग गर्नेहरुमा समाजसग आवद्ध खगेन्द्र गैह्रे, एमपी अर्याल, गुप्तप्रसाद गैह्रे, थमनसिंह रानाभाट, गंगाबहादुर खड्का, पिताम्बर अर्याल, हिमालाल डुम्रे , हरी लुइटेल, मनु क्षेत्री, टुकराज अर्याल, प्रकाश श्रेष्ठ, धर्म पराजुली, चिरन्जीवी ढकाल, माया केसी, राजेश पाण्डे, मुक्ति सुवेदी, शुरेस रेग्मी, अनन्तकुमार श्रेष्ठ, ओमप्रकाश पोख्रेल, तारा गौडेल, टी आर गौडेल, एकेन्द्र थापा लगायत रहेका छन् । एनसीसी कतारबाट सेवा शुरु गरेको स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले यस भन्दा पहिले स्याङजा जिल्लामा करिब १२ करोड कोरोना, मृगौला, मुटु, क्यान्सर लगायतको विरामीहरुलाई सहयोग गर्दै आएको छ । संस्थामा हाल सम्म करिब २० देशले आबद्ध जनाएका छन् भने आवद्धताका निम्ति रोजगारको सिलसिलामा स्याङजालीहरु भएका अन्य देशहरु समेत आउने क्रम जारी रहेको छ ।

लेखक / संवाददाता

विनोद घताने

विनोद घताने आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।

सबै समाचार →