समता सहकारीको तेस्रो अधिवेशन सम्पन्न

आँधिखोला सेरोफेरो समाचार समाज

समता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले राधाकृष्ण शर्माको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ।

अधिवेशन बाट उपाध्यक्षमा यु माया कुँवर, सचिवमा विनोद घताने, कोषाध्यक्षमा देवी अधिकारी तथा सदस्यमा सुष्मा परियार, बुद्धि बहादुर परियार र विजय सुनाम चयन भएका छन्।

यस्तै, लेखा सुपरिवेक्षण समितिमा सिता शर्मा पौडेल, शेषकान्त पौडेल र मिरा कुँवर निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन उपसमितिका संयोजक हुम नारायण शर्माले नयाँ समिति सर्वसम्मत चयन भएको जानकारी दिए।

संस्थाका अनुसार ३० जना शेयर सदस्यबाट ४२ लाख रुपैयाँ चुक्ता पुँजी सहित सुरु भएको सहकारीमा हाल १ हजार १३५ शेयर सदस्य पुगेका छन्। संस्थाको कुल कारोबार ६ करोड रुपैयाँ पुगेको अध्यक्ष अमृत नेपालीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ।

वार्षिक साधारण सभामा अध्यक्ष अमृत नेपालीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरे। कोषाध्यक्ष गोर्वधन बहादुर रानाले वित्तीय प्रतिवेदन तथा लेखा समिति संयोजक राधाकृष्ण शर्माले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरे।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मीले सहकारी नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताए। उनले ‘एक सदस्य, एक सहकारी’ अभियानलाई सदस्य आफैँले कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष शिव वाग्ले र जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव अच्युत प्रसाद पोख्रेल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
संस्थाका अध्यक्ष अमृत नेपालीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव शालिकराम कुँवरले गरेका थिए भने स्वागत मन्तव्य देवी अधिकारीले दिएकी थिइन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *