पशुपति शर्मा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा भिड्दै, सर्वसम्मतिको सम्भावना

आँधिखोला सेरोफेरो मनोरंजन समाचार समाज

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालको आगामी महाधिवेशनमा चर्चित लोकदोहोरी गायक तथा सर्जक पशुपति शर्मा अध्यक्ष पदका लागि अघि सर्ने भएका छन्। प्रतिष्ठानको महाधिवेशन यही असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा आयोजना हुँदैछ। अध्यक्ष पदका लागि शर्माको उम्मेदवारीलाई लिएर कलाकार तथा प्रतिष्ठानका प्रतिनिधिहरूबीच सकारात्मक छलफल भइरहेको र उनलाई सर्वसम्मत अध्यक्ष बनाउने सम्भावना समेत बलियो रहेको बताइएको छ।

लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय शर्मा गायक मात्र नभई गीतसंगीतका सर्जक तथा सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत उठाउँदै आएका कलाकारका रूपमा परिचित छन्। उनको नेतृत्वमा प्रतिष्ठानले नयाँ गति लिने अपेक्षा गरिएको छ। सर्वसम्मत नेतृत्व चयन भएमा शर्माले प्रतिष्ठानको इतिहासमै चर्चित तथा बौद्धिक छवि भएका अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्ने अवसर पाउनेछन्।

महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै प्रतिष्ठानको आगामी कार्यदिशा, कलाकारको हकहित तथा नेपाली लोकदोहोरी क्षेत्रको संस्थागत विकासका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *