

पछिल्लो समयमा स्याङजामा भएका विभिन्न महोत्सवहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ठेकेदार कम्पनीको मिलेमतोमा हुने गरेको स्थानीयहरुले गुनासो गरेको छन् । महोत्सवमा भएका विकृती र विसंगतीहरुमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मौन बस्दा ठेकेदार सगको मिलेमतोमा महोत्सव भएको उनीहरुको भनाई छ ।
पछिल्ला महोत्सवहरुमा आयोजक र ठेकेदार मिलेर कर छल्न काटेको टिकटको संख्या कम देखाइन्छ, मदिराको विक्रिवितरण, बालबालिकाको दुरुपयोग, कलाकारहरुको श्रमशोषण, सुर्ति तथा मदिराजन्य उत्पादनहरुले प्रायोजन र बेलुका ९ बजे सम्म महोत्सव संचालन हुदै आएको छ । महोत्सवमा हुने यी विकृती र विसंगती हुन् ।

स्याङजामा दुई महोत्सव सम्पन्न गर्न ठेकेदार टेकबहादुर कार्कीले ४५ लाख आयोजकलाई दिएको बजारमा चर्चा हुने गरेको छ । स्याङजा उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं महोत्सवमा २० लाख र प्रथम पिंकसिटी महोत्सव वालिङ २०८१ लाई २५ लाख दिएको जानकारहरु बताउछन् ।

आरोप कर्ताहरुलाई मिलेमतो प्रमाणीत गर्न प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले चुनौती दिईन् । उनले मेला महोत्सवको अनुगमनको अधिकार स्थानीय पालिकाहरुलाई भएको भन्दै तर्कन खोजिन । उनी आफ्नो दायीत्वबाट पन्छीन खोजेपनि ठेकेदारबाट उपलब्ध हुने बालउद्यानका टिकटहरु प्रहरीले समेत बाड्दै हिनेका थिए ।
उल्लेख्नीय दर्शकहरुले अवलोकन गरेको प्रथम पिंकसिटी महोत्सव वालिङ २०८१ मा ठेकेदारले स्टलको भाडा धेरै लगाएर रकम लुटेको एक स्टलका व्यपारीले बताए । उनले दर्शक धेरै आउने गरेपनि व्यापार नहुने गरेको प्रतिकृया दिए । त्यसैगरी ठेकेदारले मनमरी तरीकाले शुक्रबार सयको प्रवेश टिकटलाई २ सय बनाएका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
