पूर्वाधारका डिईको संरक्षणमा अस्थाई क्रसरबाट सामाग्री विक्रीवितरण

आँधिखोला सेरोफेरो पत्रपत्रिका बाट समाचार समाज

पूर्वाधार विकास कार्यालय स्याङजाको शिफारीसमा विरुवा गाउँपालिका–३, सिद्धवावाथानमा स्थापना भएको अस्थाई क्रसरबाट नियम विपरीत निर्माण कम्पनीले निर्माण सामाग्री वितरण गरेको पाईएको छ । अस्थाई क्रसर स्थापना गर्ने निर्माण कम्पनीले विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका भित्र निर्माण भएका विभिन्न योजनाहरुलाई सामाग्री वितरण गरेको पाईएको हो ।

पूर्वाधार विकास कार्यालय स्याङजाका प्रमुख इन्जीनियर दयाराम अधिकारीले यस बारे आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिए । उनले निर्माण कम्पनीले निर्माण सामाग्री वितरण भए नभएको अनुगमन गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय पालिकाले कारवाही गर्नुपर्ने भन्दै आफु तर्कन खोजे ।

यही बैशाखमा काम सक्ने गरी गणेशकुन्ज इन्द्रेणी रक्तकन्या जेभी नुवाकोटले राङखोला देखी धोवादी सडक खण्डको कालोपत्रेको कामको जिम्मा लिएको थियो । करिब १८ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडकमा आवश्यक पर्ने निर्माण सामाग्रीको लागि पूर्वाधार विकास कार्यालयको अनुपतिमा क्रसर उद्योग स्थापना भएको थियो ।

गणेशकुन्ज इन्द्रेणी रक्तकन्या जेभी नुवाकोटका प्रतिनिधी ज्ञानराज घिमिरेले कालोपत्रेको लागि आवश्यक तयारी सकिसकेको बताउदै निर्माण सामाग्री विक्रि वितरण नगरेको दाबी गरे ।

विरुवा गाउँपालिका–३, सिद्धवावाथानमा राङखोला धोवादी सडक खण्डलाई आवश्यक पर्ने निर्माण सामाग्री उत्पादन गर्न अस्थाई क्रसरको लागि पूर्वाधार विकास कार्यालय स्याङजाले सिफारीस गरेको थियो । क्रसरको लागि गणेशकुन्ज इन्द्रेणी रक्तकन्या जेभी नुवाकोटलाई अनुमति दिएको थियो ।

पूर्वाधार कार्यालयले त्यहाँ रहेको क्रसरले निर्माण सामाग्री बाहिर विक्री वितरण नगर्ने जनाउदै संचालनको लागि विरुवा गाउँपालिकालाई सिफारीस गरेको थियो भने जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयलाई वोधार्थ दिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *