

सेवालीन जिल्ला प्रशासन कार्यालय जादा जिल्ला प्रशासन कार्यालय स्याङजाका कर्मचारीले दुःख दिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । नागरिकतामा आमाको नाम थप्न जादा प्रतिलिपी फाटका कर्मचारी बुद्धि प्रसाद शर्माले गाली सहित दुःख दिएको सेवाग्राहीले बताए ।
वडावासी सेवाग्राहीको नागरिकतामा आमाको नाम थप्न जादा गाली सहित प्रतिलिपी फाटका कर्मचारी बुद्धि प्रसाद शर्माले दुःख दिएको विरुवा गाउँपालिका–२, का वडा अध्यक्ष नोमबहादुर गुरुङले बताए । वडा अध्यक्ष गुरुङले प्रशासनका कर्मचारीले पटक पटक अफ्ना वडावासीहरुलाई दुःख दिने गरेको जानकारी दिए ।

सेवाग्राही नागरिकतामा आमाको नाम थप्न जादा आवश्यक पर्ने सबै कागजपत्र सहित गएका थिए । नागरिकताको प्रतिलिपी लिन आवश्यक पर्ने कागजपत्र नागरिकताको अनुसुची, बाउ र आमाको नागरिकताको प्रतिलिपी र वडाको सिफारीस लिएर प्रशासन कार्यालय पुगेका थिए सेवाग्राही ।

जिल्ला प्रशासन कार्यालय स्याङजाका नागरीकता प्रतिलिपी फाटका नायव सुव्बा बुद्धि प्रसाद शर्माले नागरिकताको प्रतिलिपी लिन कागजपत्र नपुगेको बताएको स्वीकार गरे । सुव्बा रेग्मीले सेवाग्राहीहरुलाई थर्काउने र हप्काउने गरेको अर्का सेवाग्राही रामु वि.क.ले बताए ।
जिल्ला प्रशासन कार्यालय स्याङजामा दैनिक जसो राष्ट्रिय परिचय पत्र, नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, विपत र विभिन्न मुद्धा मामिलामा गरी करिब ३ सय जना सेवाग्राही आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा फेदीखोला, आँधिखोला, पुतलीबजार, अर्जुनचौपारी, विरुवा र हरिनासका सेवाग्राही आउने गरेका छन् ।
सेवाग्राहीलाई दुःख भएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्ना कर्मचारीहरुलाई सम्झाउने बताईन् । प्रजिअ नेपालले कर्मचारीले कामका लागि चाहिने आवश्यक पर्ने कागजपत्र माग गर्न नसक्ने बताउदै दुःख दिने कर्मचारीको बचाउ गरीन् । नागरीकताका लागि ५ बजे सम्म कार्यालयमा बसेका सेवाग्राहीले प्रजिअको अनुरोधमा जन्मदर्ता ल्याए सगै नागरीकता प्राप्त गरेका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
