

वालिङ नगरपालिका आसपासमा रहेका स्थानीय जनता ठग्न वालिङ खेलमैदानमा शुरु भएको महोत्सव जारी छ । स्थानीय स्तरमा छिरलीयर रहेको पुजी लुट्न नाम मात्रैको वालिङ चेम्बरको आयोजनामा पहिलो पिंक सिटी महोत्सव २०८१ शुरु भएको हो ।
दुइ लाख वढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त महोत्सवमा हजारौं पटके पास वितरण भएको छ । पहुचवालाहरुलाई फ्रि पास वितरण गर्ने र सर्वसाधारणबाट पैसा असुल्न टिकट विक्री गरिएको सहजै देख्न सकिन्छ । तर जिल्ला प्रशासन कार्यालय भने मौन बसेको छ ।

आयोजना बहायक अरु सबैको जिम्मा पाएको कार्की प्रा.लि.ले आफु अनुकुलका कलाकार ल्याउने, कलाकारको श्रमशोषण गर्ने, अतिथिहरुलाई मायाको चिनो प्रदान गर्ने र मन्चमा स्वागतको लागि आवश्यक पर्ने खादा र मालाको व्यवस्थापन गर्दै आएको आयोजक एक सदस्यले जानकारी दिए ।

यती मात्रै नभएर महोत्सवको जिम्मा पाएको ठेकेदार कार्कीको अनुमतीमा आएका केही स्टलहरु र खुला चौरमा रहेका खुल्ला पसहलरुमा अखाद्य वस्तुहरु विक्रिवितरण भैरहेको दर्शकहरुले बताएका छन् । महोत्सव संचालन भएको चौरमा धुलोका कारण खानेकुराहरु फोहोर हुने गरेको उनीहरुले बताए ।
यसबारे बुझ्न खोज्दा महोत्सवका ठेकेदार टेकबहादुर कार्कीले आफु व्यस्थ रहेको बताउदै भेट्न चाहेनन् । बुधबारबाट शुरु भएर चैत्र ३ गते सम्म महोत्सव संचालन गर्न बंगलामुखी नेपाल एम्युजमेण्ट प्रा.लि काठमाडौंका संचालक कार्कीले ठेकेदारको जिम्मा लिएका छन् ।
आफुहरुलाई पनि धेरै गुनासो अएको बताउदै समय मिलाएर अनुगमन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पौडेलले बताए । पोखराबाट आएको खाद्यको टोलीले जिल्ला प्रशासन, प्रहरी, उपभोक्ता मन्च र पत्रकारहरुको सँयुक्त टोलीले अनुगमन गरेको उनले जानकारी दिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
