कार्यकर्ताद्धारा नगरप्रमुख रेग्मी माथी आक्रमणको प्रयास

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई आफ्नै कार्यकर्ताले मेयरकै कार्यकक्षमा आक्रमणको प्रयास गरेका छन् । पुतलीबजार नगरपालिका १ का नेपाली कांग्रेसका कार्यकर्ता अशोक भट्टले कठालोमा समातेर आक्रमणको प्रयास गरेका हुन् ।

निर्माण व्यवसायी समेत रहेका कांग्रेस कार्यकर्ता अशोक भट्टले पालिका भित्र आफुलाई पनि निर्माण सम्बन्धी काम माग गर्दा गएको शुक्रबार विवाद भएको एक स्रोतले जानकारी दिएको हो । यति मात्रै नभएर पार्टी सदस्यताको नविकरणका विषयमा पनि भनाभन भएको स्रोतको दाबी छ ।

यसबारे बुझ्न खोज्दा नगरप्रमुख तुलसीराम रेग्मीले केही पनि बताउन चाहेनन् । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले आफुलाई कुल कारण जानकारी नभएको बताए । नगरप्रमुख रेग्मीले आफुलाई आक्रमणको प्रयास भएको बताएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले जानकारी दिए ।

आक्रमणको प्रयास गरेका अशोक भट्ट हाल मोबाईल अफ गरेर फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक शालिग्राम शर्माले सामायन्य विबाद भएको जानकारी आएको बताए । उजुरी प्राप्त पश्चात आवश्यक कारबाही अगाडी बढाईने शर्माले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *