गृहमन्त्री लेखकको निर्देशनमा स्याङजाका श्रेष्ठ पक्राउ

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

गृहमन्त्री रमेश लेखकको निर्देशनमा जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका १, ट्राफिकचोक निवासी विक्रान्त कुमार श्रेष्ठलाई सोमबार पक्राउ गरेको छ । पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीलाई शुक्रबार दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाली कांग्रेसको देउवा समुहको अनुरोधमा गृहमन्त्री लेखकले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई निर्देशन गरी श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको एक स्रोतले जनाएको छ । श्रेष्ठ पक्राउ नपर्ने भएपछी फेरी अर्काे समुहका मेयर रेग्मी प्रशासन गएर प्रजिअ अर्याल सँग निवेदन दर्ता गरी दर्ता नम्बर मागे पश्चात श्रेष्ठलाई पक्राउ गरी प्रहरी हिरासतमा राखीएको हो । साथै कांग्रेसका अर्काे समुहले श्रेष्ठलाई पक्राउ गर्न गृहमन्त्री लेखकलाई दबाव दिए सगै उनी पक्राउ परेका हुन् ।

नगर प्रमुख रेग्मीको निवेदनको आधारमा अभद्र व्यवहारको मुद्धा दर्ता गरी श्रेष्ठलाई पक्राउ गरीएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । प्रजिअ अर्यालले गृहमन्त्रीको इशारामा श्रेष्ठलाई नियन्त्रणमा नलीईएको बताउदै गृहमन्त्री लेखकको बचाउ गरे ।

पक्राउ परेका श्रेष्ठले आफुलाई शुक्रबार गाली गलौज सहित दुव्र्यवाहार गरेको आरोपमा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । श्रेष्ठलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *