माफिया अर्यालको निम्तोमा गएर नाच्छन् स्याङजाका प्रजिअ अर्याल

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

स्याङजाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल मेडिकल माफिया खुमा अर्यालले व्यक्तिगत रुपमा आयोजना गरेको पिक्नीकमा गएर नाचेको पाइएको छ । विद्यार्थीहरु सँग अबैध रकम असुली मेडिकल माफियाको रुपमा परिचत खुमा अर्यालले बैशाख १ गते आयोजना गरेको पिक्नीकमा गएर प्रजिअ अर्याल नाचेको भिडियो यतीबेला सामाजिक सन्जालमा भाइरल भएको हो ।

आफु जिल्ला आउना साथ मन्दिर दर्शन गर्न खिलुङकालिका गएको बताउदै पिक्नीकमा खुमा अर्यालको निमन्त्रणा आएकाले त्यहाँ गएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले शनिबार पिक्नीकमा गएको जानकारी दिए पनि सोमबार सार्वजनिक विदाका दिन पिक्नीकमा गएका थिए ।

जिल्लामा धार्मीक महत्व बोकेका धेरै मन्दिरहरुमा नगई खिलुङकालिका मन्दिरमा जानु खुमा अर्यालको निमन्त्रणामा प्रजिअ अर्याल गएको बुझिन्छ । खिलुङकालिका मन्दिर दर्शन गर्न र मदिरा सहितको पिक्नीकमा प्रजिअ अर्याल मात्रै नभएर नेपाली कांग्रेसको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेका जनप्रतिनिधीहरु र कांग्रेसका नेता तथा कार्यकताहरु मात्रै उपस्थिति रहेको थियो ।

प्रजिअको रुपमा पहिलो पटक स्याङजा आएका प्रमुख जिल्ला अधिकारी अर्यालले केही दिन अगाडी पत्रकारहरु सँग भएको भेटघाट कार्यक्रममा आफु २४ सै घण्टा प्रशासनीक काममा तयार रहेने बताएका थिए । प्रशासनको कुनै अनुभव नभएका प्रजिअ अर्याल आएपछि पनि आँधिखोलामा अबैध उत्खनन् भएको छ भने ठेकेदार कम्पनीहरुले सडकको मापदण्ड विपरीत भित्तो खारेर जिल्ला भित्र र बाहिर गिट्टी र ढुंगा अबैध निकासी गरिरहेका छन् ।

पिक्नीक आयोजना गर्ने मेडिकल माफिया खुमा अर्यालले पोखरामा रहेको गण्डकी मेडिकल कलेज मार्फत विद्यार्थीहरु सँग चर्काे रकम असुलेका थिए भने त्यस पश्चात १७ लाख धरौटिमा छुटेका थिए । यती मात्रै नभएर उनी विरुद्ध मेडिकल कलेज संचालन गर्न सक्ने भन्दै किर्ते कागज पेश गर्दा अख्तियारमा समेत मुद्धा दर्ता भएको थियो ।
पिक्नीकमा खुमा अर्यालले मदिराको समेत व्यवस्था गरेको प्रजिअ नाचेको भिडियोमा देख्न सकिन्छ । उक्त भिडियो आँधिखोला एक्सप्रेस डटकम सँग सुरक्षीत रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *