वालिङमा वडा अध्यक्ष विरुद्ध मुद्धा दर्ता, कुटपिटमा संलग्न पंगेनी पक्राउ

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

वडा प्रहरी कार्यालय वालिङमा वालिङ नगरपालिका १० का वडा अध्यक्ष सुनिल खनाल विरुद्ध मुद्धा दर्ता भएको छ । मंगलबार आँधीखोला बचाउ अभियानका अभियानता दिनकर नेपाल भनेर चिनिने दिनेश तिवारीलाई रड प्रहार गरी घाईते बनाएको आरोपमा उनी विरुद्ध मुद्धा दर्ता भएको हो ।

वडाध्यक्ष खनाललाई ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए । एस्पी न्यौपानेले वडाध्यक्ष खनाल घटना पछि फरार रहेको बताउदै खोजी कार्यलाई तिब्र पारिएको बताए ।

सोही घटनाको कुटपिटमा संलग्न वडा नं. ८ का साजन पंगेनीलाई प्रहरीले पक्राउ गरी स्याङजा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा ७ दिनको म्याद थप गरी कानुनी कारबाही अगाडी बढाएको जनाएको छ । लुकिछिपी बसेको अवस्थामा मिर्दीबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

मंगलबार नेपाली कांग्रेसबाट निर्वाचित वालिङ नगरपालिका १० का अध्यक्ष खनालले आँधिखोला बचाउ अभियानको घोषणा गरी फर्केका तिवारीलाई फलामको रड प्रहार गरी घाईते बनाएका थिए । त्यसैगरी खनालले अर्का मेघ आलेलाई पनि कुटपीट गरी घाईते बनाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *