क्रोसियामा निधन भएका चित्रबहादुरको परिवारलाई ६ लाख ५६ हजार सहयोग

आँधिखोला सेरोफेरो समाचार समाज

रोजगारीका सिलसिलामा क्रोसियामा कार्यरत स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–१ का चित्रबहादुर थापाको निधनपछि संकलन गरिएको ६ लाख ५६ हजार ४ सय रुपैयाँ सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ। रोजगारीका क्रममा गत २०८२ असार २ गते क्रोसियाको पुलस्थित इञ्चियनमा थापाको मृत्यु भएपछि स्याङ्जा समाज क्रोसियाको पहलमा सहयोग संकलन गरिएको थियो। संकलित रकम मंगलबार पोखरा महानगरपालिका–३० सिसुवा पुगी स्वर्गीय थापाकी श्रीमती देउमाया थापालाई हस्तान्तरण गरिएको हो।

अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव ओमकान्त पौडेल र स्याङ्जा समाज क्रोसियाको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो। अभियानअन्तर्गत स्याङ्जा समाज क्रोसियाबाट ५ लाख ४८ हजार ११४ रुपैयाँ र अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मिनबहादुर क्षेत्री मार्फत ९३ हजार २६४ र स्याङजा सहयोग समाजबाट १५ हजार २२ रुपैयाँ संकलन भई कुल ६ लाख ५६ हजार ४ सय रुपैयाँ जुटेको कार्यक्रमका संस्थाको कोषाध्यष चिरन्जीवी ढकालले जानकारी दिए ।

सहयोग हस्तान्तरण गर्दै समाजका संस्थापक सदस्य राजेश दर्शन अर्यालले समस्यामा परेकाहरुलाई संस्थाले विभिन्न् सहयोग गर्दै आएको र हाल सम्म करिब १२ करोड सहयोग गरेको बताए । संकलित रकम गरिमा विकास बैंकको स्याङ्जा शाखामा रहेको चिरशान्ति अक्षय कोषको खातामार्फत चेक हस्तान्तरण गरिएको जनाइएको छ। कार्यक्रममा मृतक थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहांको आत्माको चिरशान्तिको कामना गरिएको थियो।

हस्तान्तरण कार्यक्रममा संस्थाका संरक्षक प्रकाश श्रेष्ठ, सुरेश रेग्मी, भोला पौडेल, मोहिनी खनाल, घनश्याम रिजाल, पत्रकार रोशन लामिछाने र सुजन पोख्रेल लगायतको उपस्थिति रहेको थियो। मृतकका परिवारका तर्फबाट देउमाया थापाले सहयोगका लागि सबै सहयोगदाता र अभियानमा संलग्न पक्षप्रति आभार व्यक्त गरिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *