गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशअन्तर्गतका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पिसीआर र एन्टिजेन परीक्षणबाट सबैभन्दा बढी कास्की जिल्लामा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै यस अवधिमा लमजुङमा ६८ जना, तनहुँमा ५३ जना, स्याङ्जामा ३७ जना, म्याग्दीमा ३४ जना, बागलुङमा २३ जना, गोरखामा १७ जना, नवलपरासीपूर्वमा नौ जना, पर्वतमा पाँच जना, मनाङमा दुई जना र मुस्ताङमा एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।
प्रदेशमा पाँच हजार ८७७ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।