



स्याङ्जा सहयाेग समाज अन्तर्राष्ट्रिय समन्वय समितिकाे केन्द्रीय कार्यालयकाे उद्दघाटन पुतलीबजार नगरपालिका वडा नं १ स्याङ्जामा सम्पन्न भएकाे छ ।
स्याङ्जा सहयोग समाज स्याङ्जा जिल्ला बाट विश्व भर रहेका स्याङ्जा बासीहरूकाे साझा संस्था रहेकाे कतार साउदी, मलेशिया, अमेरिका, जापान,स्पेन, काेरिया लगायतका २० भन्दा बढि देशमा विस्तार भएकाे सामाजिक सेवामा कृयाशिल भएर कार्य गरिरहेकाे संस्थाका अध्यक्ष टुकराज अर्यालले बताए ।

कार्यक्रममा स्याङ्जा जिल्ला संघिय निर्वाचन क्षेत्र नं १ का सासद तथा नेकपा एमालेकम नेता माननिय नारायण प्रसाद मरासिनीले जिल्लाकाे सामाजिक सेवाकाे क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेकाे बताए ।

समाजका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले समाजले सामाजिक सेवाका साथमा आर्थिक विकास गर्न उद्यमशिलतामा विशेष जाेड दिन तथा बैदेशिक राेजगारबाट प्राप्त सीप दक्षता र आर्थिक श्राेतलाई परिचालन गरि समृद्धिकाे सहायक हुन आग्रह गरे ।
बि स २०६६ सालमा स्थापित याे समाजले विदेशमा आईपर्ने समस्याहरूकाे समाधान तथा जिल्ला आई पर्ने दैवीप्रकोपमा विभिन्न किसिमबाट समाजले सहयोग गर्दै आईरहेकाे छ ।
कार्यालय उद्दघाटन समारोहकाे संचालन सचिव मीन क्षेत्री र स्वागत महिला संयाेजक निर्मला तिवारीले गरेकी थिईन् ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
