सबै समाचारसमाचारसमाजआँधिखोला सेरोफेरोराजनीतिस्वास्थ्यमनोरंजनपत्रपत्रिका बाटकृषिअर्थखेलकुदNewsअन्तराष्ट्रिय
आँधिखोला सेरोफेरो · समाचार · समाज

खड्काको परिवारलाई समाजको आर्थिक सहयोग

स्याङजा सहयोग समाज अन्तराष्ट्रि समन्वय समितिले युएईमा निधन भएका आँधिखोला गाउँपालिका २ ओहीयाका सागर खड्काको घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले युएईमा हृदयघातका कारण निधन भएका खड्कालाई ७८ हजार आर्थिक सहयोग गरेको हो ।

समाजले जापान समाजका अध्यक्ष वेद कार्कीद्धारा संकलीत २१ हजार, स्याङजा सहयोग समाज युएईले २५ हजार, आईसीसीको २५ हजार र अन्य व्यक्तीहरुबाट ७ हजार गरी ७८ हजार सहयोग गरेको संस्थाका कोषाध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिए ।

सहयोग हस्तान्तरण गर्दै स्याङजा सहयोग समाज अन्तराष्ट्रि समन्वय समितिका अध्यक्ष मिन बहादुर क्षेत्रीले यस्तो घटना सबैलाई पर्ने हुदाँ समालिनुको विकल्प नरहेको बताए । मृतक खड्काको बैकुण्डमा बासको कामना सहित सोकाकुल घरपरिवारमा धैर्य गर्ने क्षमता पशुपतिनाथले प्रदान गर्ने उनले कामना गरे ।

सहयोग हस्तान्तरण कार्यत्रममा प्रा.डा दिलबहादुर क्षेत्रीले यस्तोबेला सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । सहयोग हस्तान्तरण कार्यक्रमको संचालन कोषाध्यक्ष चिरन्जीवी ढकालले गरेका थिए । खड्काको यही कात्तिक १० गते ३२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

लेखक / संवाददाता

रोशन लामिछाने

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।

सबै समाचार →