



आँधीखोला गाउँपालिका वडा नम्बर २, चिलाउनेबासको नवनिर्मित वडा कार्यालयको भवन एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताए । उनले भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा धेरै परिवर्तन भएको बताए । कार्यक्रममा पालिका उपाध्यक्ष सिता थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं २ का वडा अध्यक्ष कमल प्रसाद पौडेल, वडा नं १ का वडा अध्यक्ष पवन काजी अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सिंह बहादुर क्षेत्री, वडा नं ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरू र वडा नं ६ का वडा अध्यक्ष नबिन ढकाल लगाएतले मन्तव्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचानल सबईन्जिनियर सुन्दर पौडेलले गरेका थिए । वडा कार्यालय भवन निर्माण लागि रु १ करोड ३९ लाखको लागतमा विवेक एण्ड कुवेर र विद्यामोहन जे. भी स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए । २०७८ साल साउन ४ गते सम्झौता भई २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ वटा कोठा सहित एउटा हल रहेको पालिकाले जनाएको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
