पुतलीबजार नगरपालिका–१३, लाम्पाटामा भएको जिल्ला लिग फुटबलको उपाधि स्याङजा युथ क्लबले हात पारेको छ । स्याङजा फुटबल सघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा स्याङजा युथले वालिङ युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि सहित ५० हजा नगद, कप मेडल र प्रमाणपत्र हात पारेको हो ।
उप बिजेता बनेको वालिङले ३० हजार रुपियाँ हात पारेको छ । पहिलो हापको १६ मिनेटमा सुदिप श्रेष्ठ र २८ औ मिनेटमा समिर पुरीले गोल गरेका एन्फाका गण्डकी प्रबक्ता प्रकाश रेग्मीले जानकारी दिए ।
बिजयी तथा उप बिजयीलाई एन्फाका महासचिब किरण राईले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी सुदिप श्रेष्ठ, डिफेन्डर सन्देश श्रेष्ठ, गोलकिपर किरण शाक्य, सार्वधिक गोलकर्ता समिर पुरी, उत्कृष्ठ कोच सागर धिताल भएका थिए ।
यहि जेठ १९ गते बाट शुरु भएको प्रतियोगितामा जिल्लका १० क्लबको सहभागिता रहेको थियो । यस्तै संघले महिला फुटबलका अन्डर १५ का राष्ट्रिय खेलाडी भावना परियार, सुक्रिया मियाँ तथा नेशनल खेलाडी सरस्वती हमाललाई नगदा पाचँ पाचँ हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
विनोद घताने आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।