जिल्ला अस्पताले नै वितरण गर्छ म्याद गुज्रेका औषधी

आँधिखोला सेरोफेरो पत्रपत्रिका बाट समाचार समाज स्वास्थ्य

पुतलीबजार नगरपालिकामा रहेको जिल्ला अस्पतालले नै म्याद गुज्रेका औषधी वितरण गर्ने गरेको पाईएको छ । जिल्ला अस्पताल भित्र प्राङगणमा रहेको फार्मेसीले विमाका विरामीहरुलाई म्याद गुज्रेका औषधी दिने गरेको तथ्य पत्ता लागेको हो ।

पुतलीबजार नगरपालिका–१, का मानसिक विरामी रामु गोदार (नाम परिवर्तन) ले प्रयोग गर्ने फ्लुम्याक्स–१० नामक औषधी म्याद गुज्रेको अस्पताल फार्मेसीले वितरण गरेको पाईएको हो । उक्त औषधी फार्मेसीका कर्मचारी सुजन सापकोटाले विरामीलाई विल काटेर म्याद गुज्रेको औषधी दिएका थिए ।

गल्तीभएको बताउदै आगामी दिनहरुमा सुधार गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशील मरासिनीले बताए । उनले औषधी हेरी म्याद गुज्रेका लागेकालाई साईडमा राख्ने समेत प्रतिवद्धता जनाए ।

जिल्ला अस्पतालको फर्मेसीबाट दैनिक जसो २ सय जना विरामीहरुलाई औषधी वितरण हुदै आएको छ । अस्पतलामा विमाको कार्यक्रम शुरु भए सगै अस्पतालमा विरामीको चाप वढेको समेत अस्पताल प्रशासनले जनाएको छ ।

गलत औषधी दिएर मानिसको स्वास्थ्यमा खेलवाड गर्ने जिल्ला अस्पतालले सम्बन्धीत कर्मचारीलाई अनुसन्धान गरी आवश्यक कारवाही गर्नु पर्दैन ? चारैतिर प्रस्न उठ्ने गरेको छ । विरामीहरुले पनि आफुले प्रयोग गर्ने औषधीहरुको म्याद हेरेर मात्रै प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *