स्याङजा महोत्सवमा ‘कृषि र पर्यटन’ नारामा मात्रै सिमित

आँधिखोला सेरोफेरो पत्रपत्रिका बाट समाचार समाज

यही फागुन ६ गतेबाट स्याङजाको मालेवगरमा सातौं स्याङजा महोत्सव संचालन भैरहेको छ । उक्त महोत्सवको नारा छ ‘स्याङजा महोत्सवको आधार ः कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार ।’ तर नारा अनुसार कृषि र पर्यटनका गतिविधि शून्य जस्तै छन् ।

आयोजकले कृषि र पर्यटनका गतिविधि भएको बताए पनि महोत्सवमा कृषि सम्बन्धी कस्ता गतिविधि भएका छन् आफुहरुलाई थाहा नभएको सुन्तला सुपरजोन कार्यालयका प्रमुख अजय अधिकारी र कृषि ज्ञान केन्द्रका सूचना अधिकारी ईश्वरी अर्यालले बताए । उनीहरुले महोत्सवमा आयोजकले नाम उद्घोष गरेपनि हाल सम्म कुनै सहयोग नभएको जानकारी दिए ।

करिब एक सय ७० स्टल रहेको स्याङजा महोत्सवमा ५÷७ वटा मात्रै कृषि, पर्यटन र घरेलु उत्पादन सग सम्बन्धीत स्टल रहेका छन् । उक्त स्टलहरुमा आयोजकले कृषि र पर्यटनलाई नारामा मात्रै सिमित राख्दा दर्शकहरुको कमै मात्रामा भिड लाग्ने गरेको छ ।

महोत्सवमा पर्यटनको कुनै गतिविधि नभएको र आफुलाई नाम मात्रैको पर्यटन समितिको संयोजक बनाएको पर्यटन समितिका संयोजक कृष्णजंग केसीले बताए । मुल आयोजक समितिले ध्यान दिएर काम गरेको भए दिनहु जसो हुनिकोटबाट प्याराग्लाइडिङ गर्न सकिने केसीले बताए । तर यस बारे आयोजकले ध्यान दिएनको बताए ।

महोत्सवमा फर्निचर, विद्युतीय उपकरणहरु, खेलकुद, सूचना प्रविधि तथा सन्चार, अटोमोबाइलका स्टल राखीने जानईए पनि यी स्टलहरु रहेका छैनन् । सुन्तला प्रदर्शनी, अर्गानिक कफी प्रदर्शनी र ताजा तरकारी प्रदर्शनी गरीने बताए पनि हाल सम्म यी कुनै पनि प्रदर्शनी हुन नसकेको दर्शकहरुले गुनासो गरेका छन् ।

मुल आयोजक समितिका संयोजक महादेव श्रेष्ठले कृषि र पर्यटनका गतिविधीहरु भएको बताउदै महोत्सवको बचाउ गरे । उनले महोत्सवमा आएका २÷३ टोलीलाई शिरुवारी होमस्टेमा पठाएको दावी गरे पनि वरिष्ठ उपाध्यक्ष भिमकुमार श्रेष्ठले होमस्टेको कुरा भएको तर कुनै समुह अहिले सम्म नपठाएको जानकारी दिए ।

विदाका दिनहरुमा दर्शकहरुको भिड लागेपनि आयोजकले घरघरमा पास वितरण गरेर महोत्सवमा जादा नक्कली पास हो भनेर छिर्न नदिएको पुतलीबजार–१, का शम्भु गुरुङले बताए । टिकट काट्न नसक्ने सोचेर घर घरमा पास पु¥याउनु आयोजकको गल्ती भएको बताउदै उनले पास दिई सकेपछि महोत्सवमा छिर्न नदिनु बेइजत भएको बताए ।

आयोजकले बालउद्यान, कला सस्कृति र मनोरन्जनलाइ जस्तै कृषि, पर्यटन र घरेलु उत्पादनहरुलाई महत्व दिई महोत्सव गरेको भए महोत्सवले सार्थकता पाउने थियो । महोत्सव सफल बनाउन कृषि, पर्यटन र घरेलु उत्पादनहरुको पनि महत्व हुने हुदाँ आगामी दिनहरुमा हुने महोत्सवमा यी वस्तुहरुलाई बढवा दिन जरुरी देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *