हरिनासमा अबैध उत्खनन्, जिल्ला प्रशासन कार्यालय मौन

आँधिखोला सेरोफेरो समाचार समाज

पुतलीबजार नगरपालिकाको घुम्ती देखी विरुवा र हरिनास गाउँपालिकाको सिमाना चिसापानी सम्म सडक कालोपत्रको काम भैरहेको छ । सडक कालोपत्र गर्न जिम्मा पाएको आर एक्स टुण्डी जेभी निर्माण कम्पनीले हरिनास–३, चुईकुनामा अबैध उत्खनन् हुदा प्रशासन कार्यालय मौन बसेको छ ।

निर्माण कम्पनीले स्थानीय इन्द्रबहादुर गुरुङको जग्गामा अबैध उत्खनन् गरेको स्थानीयहरुको आरोप छ । सामान्यतया खानी तथा भुगर्भ विभागमा व्यवसाय दर्र्ता गरेर मात्रै उत्खनन् गर्न पाइन्छ तर दर्ता छैन । त्यती मात्रै नभएर सामान्य रुपमा निर्माण कम्पनीले सम्बन्धीत पालिकामा रोयल्टी (राजश्व) समेत तिरेको पाईदैन् ।

हरिनास गाउँपालिकाका सम्बन्धीत वडा कार्यालयहरुमा निर्माण कम्पनीले राजश्व नबुझाएको वडा कार्यालयहरुले जानकारी दिएका छन् । त्यती मात्रै नभएर अबैध उत्खनन् रोक्न पालिकाले प्रहरी प्रशासनलाई अनुरोध गर्दा अटेरी गरेको पालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए । प्रहरीले पहिला अबैध उत्खनन् रोकेको र पछि पालिकालाई जानकारी नदिई डोजरको चापी दिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले उत्खनन्को अनुगमन सम्बन्धीत पालिका र जिल्ला समन्वय समिति भएको भन्दै आफ्नो दायित्वबाट पन्छिन खोजे । उनले आफुपनी अनुगमन समितिको सदस्य भएको स्वीकार गर्दै उक्त अबैध उत्खनन् बारे बुझ्ने प्रतिकृया दिए । त्यस पश्चात प्रशासनले काम रोक्न भनेको निमार्ण कम्पनीले हामीलाई जानकारी दिएको छ ।

यस्ता प्रकारका क्रियाकलापहरुले हाम्रो जनमैत्री प्रशासन कता जादै छ भन्ने आम सर्वसाधारणमा प्रश्न उठ्दैन र ? पालिकालाई जानकारी नै नदिई प्रहरीले उत्खनन् गर्न डोजरको चापी दिनु मिलेमताको संका छैन र ? हो विकास निमार्ण हुनुपर्छ, हामी विकास विरोधी हैनौ, विकास कानुनमा टेकेर हुनुपर्छ तर कानुन मिचेर विकास भैरहेको छ । यस्ता कार्यले प्रशासनलाई कुरी कुरी भनेन र ?

डक निर्माणका लागि सडक डिभिजन कार्यालय पोखरामा २०७९ असारमा सम्झौता भएकोमा निर्माण कम्पनीले तोकीएको समय २०८१ असारमा काम सम्पन्न गर्न नसकेपछी २०८२ असोज ३० गते सम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडक निर्माण गर्न २० करोडको लागतमा सडक डिभिजन र निर्माण कम्पनी विच सम्झौता भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *