

स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले शुक्रबार शहिदचोकमा रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
बेलाबेलामा अस्पतालमा रगतको कमी हुने र रेडक्रस दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मिनबहादुर क्षेत्रीले जानकारी दिए । उनले स्याङजामा विभिन्न विरामीहरुलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना भएको बताउदै शुक्रबार हुने रक्तदान कार्यक्रमलाई सफल बनाउन सबैमा अनुरोध गरे । त्यसैगरी नेपाल रेडक्रस सोसाईटी स्याङजाका सभापति दिनेश अर्यालले कार्यक्रममा ४० देखी ५० युनिट सम्म रगत संकलन हुने अनुमान गरिएको बताए ।

रक्तदान आयोजना गर्ने संस्था स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले विभिन्न देशहरुमार्फत रकम संकलन गर्दै जिल्ला भित्र सहयोग गर्दै आएको छ । ४० देशहरुमा शाखा रहेको समाजले विभिन्न कोषहरुको निर्माण गरी मुटुरोगी, मृगौला पिडित, क्यान्सर र विदेशमा मृत आत्महरुलाई स्वदेश सम्म ल्याउन सहयोग गरेको पाईन्छ ।


राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।