



क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । उनलाई विदेश जान रोक लगाइँदै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई धरौटीमा छोड्न उच्च अदालतले दिएसँगै उनी रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो । अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर निस्किने बताए । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।


राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
