सहयोग समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आँधिखोला सेरोफेरो समाचार समाज स्वास्थ्य

स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले शहिदचोकमा रेडक्रश दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानमा ४१ ज्नाले रक्तदान गरेका हुन ।

कार्यक्रममा प्रदेश अस्पताल पुतलीबजारका अध्यक्ष डिलकुमार भुजेलले स्याङजामा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यबाद व्यक्त गरे । उनले समाजको सिको गर्दै अन्य संस्थाहरु पनि सक्रिय हुनपर्नेमा जोड दिए ।

बेलाबेलामा अस्पतालमा रगतको कमी हुने र रेडक्रस दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मिनबहादुर क्षेत्रीले जानकारी दिए । त्यसैगरी नेपाल रेडक्रस सोसाईटी स्याङजाका सभापति दिनेश अर्यालले संकलित रगत रक्त सञ्चार केन्द्र स्याङ्जामा राखिएको बताए । कार्यक्रममा कलाकार घनश्याम रिजाल लगाएतले मन्तव्य राखेका थिए ।

सोही रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र र खादाद्धारा सम्मान गरिएको थियो । रक्तदान आयोजना गर्ने संस्था स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विभिन्न देशहरुमार्फत रकम संकलन गर्दै जिल्ला भित्र सहयोग गर्दै आएको छ । ४० देशहरुमा शाखा रहेको समाजले विभिन्न कोषहरुको निर्माण गरी दिर्घरोगीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ भने समस्यामा परेका परदेशीहरुलाई पनि आवश्यक समन्वय र सहयोग गर्दै आएको समाजले जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *