स्याङजाको भिरकोट नगरपालिका ५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ भएको छ । सुन्तला रोपण अभियान शुभारम्भ नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले गरेका हुन् ।
सुन्तला रोपण अभियानको शुभारम्भ गर्दै मन्त्री भुषालले राज्यमा रहेका तिनै तहका सरकारहरुले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताए । उनले आर्थिक आम्दानीका लागि माछा, बाख्रा र कुखुरा पालन, सुन्तला, कागती र व्यसायीक तरकारी खेती गरे आर्थीक रुपमा सक्षम हुन सकिने बताए । भुषालले किसानको मुख्य समस्याको रुपमा रहेका बादर समस्या समाधानका लागि सरकारले योजना बनाएको पनि बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले नेपालको बाझो जमिनलाई व्यवस्थीत गरी कृषि गरेमा विदेशमा जान नपर्ने बताए । त्यसैगरी कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्मचार्य लगाएतले मन्तव्य राखेका थिए ।
परियोजना निर्देशक विनोद कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न सुन्तला रोपण अभियान शुभारम्भ कार्यक्रमको संचालन सुन्तला सुपरजोन परियोजना कार्यान्वयन ईकाई स्याङजाका प्रमुख माधव लम्सालले गरेका थिए भने स्वागत मन्तव्य पुर्व वडा अध्यक्ष यामप्रसाद अधिकारीले राखेका थिए । परियोजना कार्यान्वयन ईकाई स्याङजाको पहलमा भएको सुन्तला रोपण अभियानमा ४ हजार सुन्तलाको विरुवा रोपण गरिने छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।