अनिता गौतम
पुतलीबजार नगरपालिका वडा नं. १० र १३ जोड्ने राङखोला गोलखोला आँधिखोला झोलुङेपुलको उद्घाटन भएको छ । २०७९ असार २८ गतेबाट काम शुरु भएर गएको पौषमा सम्पन्न भएको पुलको उद्घाटन भएको हो ।
पुलको उद्घाटन गर्दै संविधान सभा सदस्य तथा गण्डकी विश्वविद्यालयका कुलपती प्रा.डा. गणेशमान गुरुङले पछिल्लो समय विकासले फड्को मारेको बताए । उनले आवश्यकता अनुसार तिनै तहका सरकारहरुले विकासका कामहरु गर्ने बताए ।
कार्यक्रममा डिभिनज इन्जीनियर जनकराज पन्त, समाजसेवीहरु बालचन थापा, किशोर कुमार श्रेष्ठ र ठानेश्वर केसी लगाएतले मन्तव्य राखेका थिए । पुल निर्माण समितिका अध्यक्ष निर्पल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बलु बहादुर रानाले गरेका थिए ।
२ करोड ३८ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त झोलुङगे पुल १७९ मिटर लामो रहेको छ भने पुलको क्षमता ६८ टन रहेको छ । पुलमा एक पटकमा ४ सय ९१ पदयात्रीले यात्रा गर्न सक्ने कार्यक्रममा बताईएको थियो ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।