

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आयोजनामा सुन्तला खेतीमा आधारित एकिकृत मूल्य श्रृंखला विकासका चुनौती र सम्भावनाहरु विषय अन्तरक्रिया कार्यक्रम पुतलीबजारमा सम्पन्न भएको छ । सुन्तला खेतीलाई सहज बनाउन कम्पनीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रवन्ध निर्देशक एवम संस्थापक अध्यक्ष भरतराज ढकालले मुल्य श्रृंखलालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले आदान, उत्पादन, संकलन, प्रशोधन, भण्डारण, बजार व्यवस्थापन, वितरण र उपभोक्ताको चर्चा समेत गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यन्वयन इकाइ स्याङजाका प्रमुख अजय अधिकारीले आर्थिक वर्ष २०८२÷०८३ को प्रगती प्रतिवेदन र आगामी कार्यक्रमहरुको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संचालक भरत प्रसाद लम्साल, कम्पनीका गण्डकी प्रदेश कार्यालय प्रमुख नगेन्द्रराज पौडेल र कृषि प्राविधीक अनु पौडेलले शुभकामना मन्तव्य तथा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कृषि विकास कार्यालयका प्रतिनिधी नारायण पाठक, सुन्तला किसानहरु कृष्ण अर्याल, छायाराम खनाल, फणीनारायण अर्याल, बोधराज अर्याल, श्यामप्रसाद अर्याल लगायतले सुझावहरु राखेका थिए ।

प्रवन्ध निर्देशक एवम संस्थापक अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गण्डकी प्रदेश प्रमुख नगेन्द्रराज पौडेलले गरेका थिए ।

