सबै समाचारसमाचारसमाजआँधिखोला सेरोफेरोराजनीतिस्वास्थ्यमनोरंजनपत्रपत्रिका बाटकृषिअर्थखेलकुदNewsअन्तराष्ट्रिय
अर्थ · आँधिखोला सेरोफेरो · समाचार · समाज

जर्मनीबाट बाढीपीडितका लागि सुवेदीले गरे आर्थिक सहयोग

पुतलीबजार नगरपालिका–४, रामकोष स्वारा, स्याङ्जा घर भई हाल जर्मनीमा बस्दै आएका साहास सुवेदीले प्रधानमन्त्री राहत कोषमा २ हजार ५ सय ८ अमेरिकी डलर अर्थात् ३ लाख ८१ हजार रुपैयाँ सहयोग गरेका छन्। जर्मनीमा बस्दै आएका सुवेदीले भोटेकोशी नदीमा आएको बाढीबाट पीडितहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका हुन्।

नेपालमा बाढी आएको र बाढीबाट पीडितहरूको घाउमा मलम लगाउने उद्देश्यले आफ्नो मातृभूमिका लागि केही न केही गर्नुपर्छ भन्ने सोच राखेर आफूले सहयोग गरेको उनले बताए। जर्मनीमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका सुवेदीले जर्मनीमा रहेका अन्य व्यक्तिहरूसँग पनि सहकार्य गरी अझै सहयोग गर्ने जानकारी दिए।

विगत १५ वर्षदेखि जर्मनीको ट्राउनस्टाइन, म्युनिखमा ‘क्याफे मनो’ रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सुवेदीले यसअघि पनि आफ्नो जन्मभूमिमा विभिन्न सहयोग गर्दै आएका छन्। उनले श्रीमती अन्ना सुवेदीको सहयोगमा गाउँठाउँमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको स्थानीयहरू बताउँछन्।

समाजका लागि छोरा साहासले लाखौं रुपैयाँ सहयोग गर्दै आएको उनका बुवा राजकुमार सुवेदीले बताए। समाज तथा भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेकोमा जर्मनी नागरिक तथा सहयाेगी मनहरुलाई  बुवा राजकुमार सुवेदीले धन्यवाद ज्ञापन गरे।

लेखक / संवाददाता

रोशन लामिछाने

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।

सबै समाचार →