

खुमा अर्याल फाउण्डेशनको स्थापना दिवसको अवसरमा संस्थाले पुतलीबजार नगरपालिका ३ मा रहेको चण्डीकालिका बहिरा विद्यालयमा २ लाख बराबरको बालमैत्री फर्निचर, शैक्षिक एवम् खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनले ८ औं स्थापना दिवसको अवसरमा फरक क्षमता भएका व्यक्तित्वहरु सँग अन्तरक्रिया कार्यक्रम र विद्यालयमा रहेका विद्यार्थीहरुलाई फर्निचर, शैक्षिक एवम् खेलकुद सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका ३ का कार्यवहाक वडा अध्यक्ष अमिरबक्स मियाँले सहयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद दिए । उनले सबैको सहयोगले विद्यालय यहाँ सम्म आएको बताउदै विद्यालयले अझै सबैको सहयोग माग भएको बताए । कार्यक्रममा पुतलीबजार नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख पुष्पराज जोशी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, फाउण्डेशनकी संस्थापक डा. लुना अर्याल र लोकतान्त्रीक अपाङग संघका केन्द्रिय सदस्य श्यामप्रसाद अर्यालले फाउण्डेशनले जिल्ला भित्र रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा गरे ।

कार्यक्रममा संस्थापक अध्यक्ष कमल ढकाल, अधिकारकर्मी दोय युवराज पराजुली, राम शर्मा पोख्रेल, पूर्व वडा अध्यक्ष रामचन्द्र रेग्मी, शितला माविका प्रअ बलराम दोरंगा, सरस्वती माविका प्रअ कृष्ण गोदार, शिशुनिकेतनका प्रअ मनोज मल्ल, पूर्व प्रअ मुक्ति प्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य कमलकान्त उपाध्याय र दिवाकर थापा लगायतले मन्तव्य राखेका थिए ।

खुमा अर्याल फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कृष्ण पौडेल र सहसचिव युक्तनारायण अर्यालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष इन्जिनियर हिमांशु अर्यालले राखेका थिए । कार्यक्रममा दोभासेको सहजिकरण विद्यालयकी प्रअ कमला दोरंगाले गरेकी थिईन् ।

