बकौता नतिरी महोत्सव गर्दै वाणिज्य संघ, करको मनोमानी

अर्थ आँधिखोला सेरोफेरो समाचार समाज

स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाले कर कार्यालयमा भुक्तानी गर्नुपर्ने बकौता कर नतिरी महोत्सव गर्न लागेको खुलेको छ । आर्थिक वर्ष २०७६।७७ को पौष ४ देखी १६ सम्म भएको छैटौं स्याङजा महोत्सवको कर नतिरी महोत्सव गर्न लागेको हो ।

उद्योग वाणिज्य संघ स्याङजाले २०७६ मंसिर १६ गते कर कार्यालयबाट अस्थायी भ्याट नं. ६१२५५८८९२ लिई महोत्सव गरेको थियो । महोत्सवमा कारोबार वापत संघले करिब १३ लाख कर कार्यालयमा कर दाखिला गर्नुपर्ने देखिएको छ ।

२०७६ सालबाट वल्ल महोत्स हुन लागेको बताउदै स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले आफुले अघिल्लो महोत्सवको कर नतिर्ने बताए । महोत्सव मुल आयोजन समितिका संयोजक समेत रहेका श्रेष्ठले कर तिर्नको लागि आफुले प्रशासनमा समेत मुद्धा समेत दर्ता गरेको बताउदै अघिल्लो कार्य समिति पनि मौन बसेको जिकिर गरे ।

यसैविच करदाता सेवा कार्यालय स्याङजाले मनोमानी तरिकाले सातौं महोत्सव गर्न भन्दै संघलाई अस्थाई भ्याट नं. ६२२३०७८०४ दिएको छ । अघिल्लो पटक महोत्सव गरी महोत्सवको कर नतिरेको संघलाई करदाता सेवा कार्यालयले भ्याट नं. दिएको हो ।

महोत्सव पछि कर तिर्ने प्रतिवद्धता पछि भ्याट नं. दिएको करदाता सेवा कार्यालयका प्रमुख गंगा बस्यालले बताईन् । तर उनले यसो बताए पनि वाणिज्य संघले वक्यौता कर तिर्ने कुनै आधार नरहेको जानकारहरु बताउछन् । महोत्सव आयोजकहरु पुरानो कर तिर्नबाट पछि हटेको उनिहरुले जनाए ।

अरुलाई कर तिर्न ताकेता गर्ने कर कार्यालयले कर नतिर्ने वाणिज्य संघलाई डबल भ्याट नं. दिनु मिलेमतो हुन सक्ने नाम उल्लेख नगर्ने सर्तमा एक व्यापारीले बताए । कानुन सबैलाई एकै प्रकारको हुनपर्ने बताउदै कर सबैलाई तिन लगाउन करदाता सेवा कार्यालयलाई उनले अनुरोध गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *