विरामीलाई मलम लगाउदै स्याङजा सहयोग समाज

आँधिखोला सेरोफेरो समाचार समाज

स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । समाजले पुतलीबजार नगरपालिका ११ लामिछानेमोडका विनीमहादेव लामिछानेलाई आर्थिक सहयोग गरेको हो ।

प्रेसरले हानेर प्यारलाइसेस अवस्थामा रहेका लामिछानेलाई समाजले शुरुवातीमा नगद १० हजार सहयोग गरेको संस्थाका संरक्षक तथा संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । उनले आगामी दिनहरुमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरी संस्थाले वालिङमा रहेको भुम्रे मा.वि.मा अपांग बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ । विद्यालयमा १ सय ८३ किलो दाल चामल, तेल, नुन, चिउरा, चना र दालमोट सहयोग गरिएको संस्थाका कोषाध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिए ।

ढकालले विद्यालयका प्र.अ.को समन्वयमा सहयोग प्रदान गरिएको बताए । स्याङजामा जन्मभै विदेशी भुमी कर्मक्षेत्र बनाएका समाजसेवीहरुको समन्वयमा स्थापना भएको संस्थाले जिल्ला भित्र असक्त, गरिब र दिन दुखीलाई सहयोग गर्दै आएको छ ।

संस्थाले यती मात्रै नभएर विदेशमा अलपत्र नेपालीहरुलाई समेत सहयोग गर्दै आएको छ भने युवाहरुको माग अनुसार विभिन्न खेल प्रतियोगिता समेत गर्दै आएको छ । संस्थाले आर्थीकलाई चलायमान बनाउन वालिङमा सहकारी पनि संचालन गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *