वक्यौता कर तिर्याे स्याङजा उद्योग वाणिज्य संघले

आँधिखोला सेरोफेरो समाचार समाज

वक्यौता कर नतिरी सातौं महोत्सव आयोजना गरेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाले वक्यौता कर तिरेको छ । वाणिज्य संघ स्याङजाले भ्याटमा दर्ता भएको विवरणको आधारमा तिर्नुपर्ने कर वापतको रकम ७ लाख ८० हजार भुक्तान गरेको हो ।

वाणिज्य संघले फागुन मसान्त सम्म जरिवानामा छुट रहेको समयमा २०७६ मा आयोजना गरिएको छौटौं महोत्सवको तिर्नुपर्ने बक्यौता कर तिरेको करदाता सेवा कार्यालय स्याङजाले जानकारी दिएको छ । करदाता सेवा कार्यालयका अनुसार भ्याट वापतको कर ७ लाख ८० हजार तिरेको र आयकर भने तिरेको छैन् ।

वाणिज्य संघले २०७६ मंसिर १६ गते कर कार्यालयबाट अस्थायी भ्याट नं. ६१२५५८८९२ लिई छौटौं महोत्सव गरेको थियो । छौटौ महोत्सवमा कारोबार वापत संघले करिब २२ लाख कर दाखिला गर्नुपर्नेमा अहिले छुट भएका कारण संस्थाले ७ लाख ८० हजार मात्रै बक्यौता कर तिरेको हो ।

२०७६ सालमा भएको छौटौं महोत्सवको कर नतिर्ने बताउदै आएका स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले पनि छुट अवधिको उपयोग गर्दै वक्यौता कर तिरेको बताए । वक्यौता कर तिर्न संस्थाले पदाधिकारी र सदस्यहरु सग ५०÷५० हजार उठाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *