

स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाले भ्रम पुर्ण समाचार लेखेको भन्दै पत्रकार रोशन लामिछानेलाई कारबाहीको लागि उजुरी पेश गरेको छ । संघका अध्यक्ष महादेव श्रेष्ठ र महासचिव रविन के.सी.ले हस्ताक्षेर गरेर प्रशासनमा उजुरी दिएका हुन् ।
संघले फागुनमा आयोजना गरेका सातौं महोत्सवमा आँधिखोला एकसप्रेस डटकमले अनावश्यक समाचार लेखेको भन्दै उजुरी दिएको हो । महोत्सवलाई लक्षित गरी स्याङजा जिल्लामा क्रियाशिल पत्रकार भनिएका व्यक्ति आँधीखोला एक्सप्रेस अनलाईन नामक अनलाईन पत्रिका संचालन गर्दै आएका रोशन लामिछानेले संस्थाको बदनाम हुने गरी विभिन्न मितिमा अनर्गल प्रचार प्रसार गरेको उजुरी पत्रमा लेखिएको छ ।

कारबाहीका लागि उजुरी दिए पनि समाचार प्रकाशन भएपछि तिर्नुपर्ने कर वाणिज्य संघले कर कार्यालयमा ८ लाख दाखिला गरेको थियो । त्यसैगरी महोत्सवका बेलामा आँधिखोला अनलाईनले कानुन विपरित महोत्सव उद्घाटन, महोत्सवमा अखाद्यय बस्तुको विक्रि वितरको समाचार लेखेपछी प्रशासनले अनुगमन गरेको थियो । कसरी अनर्गल भयो अनलाईन प्रश्न गर्न चाहन्छ ।

पत्रकार वा संचार माध्यमलाई नियमन तथा कारबाही गर्ने निकाय भनेको प्रेस काउन्सील हो । तर प्रशासनमा परेको उजुरी कारबाही गर्न भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले तोक लगाएर चलानी नं. ४३१५ मार्फत प्रहरीलाई दिएकी छन् ।
यो उजुरीले संचार माध्यम तथा पत्रकारलाई कारबाही नभएपनि नियमन गर्ने निकाय प्रमुख जिल्ला अधिकारी नेपाललाई थाहा नहुनु प्रशासन कसरी चल्छ भन्ने गतिलो उदाहरण हो यो । या वाणिज्य संघले खरिद गरेकोे प्रजिअ भएपछि यस्तै हो भन्ने त होलानी है ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
