

अकला आवाज राष्ट्रिय साप्ताहिकले स्याङ्जा जिल्लामा क्रियाशील ३ जना अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवम् पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष एवम् गोरखापत्रकर्मी अर्जुन काफ्ले र पत्रकार महासंघ स्याङ्जाका सचिव एवम् प्रेस चौतारी स्याङ्जाका निवर्तमान अध्यक्ष, नेपाल टेलिभिजनकर्मी हरिप्रसाद सुवेदी (शुशील) लाई नगद, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको हो । अकला आवाज राष्ट्रिय साप्ताहिकले स्याङ्जाको वालिङमा आयोजना गरेको स्याङ्जाको समग्र विकास, समृद्धि र सुशासनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया एवम् वार्षिक क्यालेन्डर लोकार्पण कार्यक्रमका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
अन्र्तक्रिया तथा लोर्कापणलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद तथा प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले पत्रकारिता क्षेत्रले नेपालका हरेक आन्दोलन सफल बनाउन महत्वपर्ण योगदान पु¥याएको बताए । उनले पत्रकारिता क्षेत्रप्रति पछिल्लो समय प्रहार भईरहेको भन्दै पत्रकारिता जगतले समाज परिर्वतन तथा मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापनाका निमित्त धेरै योगदान पु¥याएको बताए ।

अन्तरक्रिया एवम् वार्षिक क्यालेन्डर लोकार्पण कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य मोहन रेग्मी, वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपाने, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, जिल्लामा क्रियाशील पत्रकारहरू र वालिङका बौद्धिक व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

अकला आवाज साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रेले उहाँहरूले स्याङ्जाको समग्र विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको क्षेत्रमा पत्रकारिता मार्फत खेलेको भूमिकाप्रति उच्च सम्मान गर्दै जनमैत्री पत्रकारिता गर्न प्रेरित गर्न सम्मान गरिएको बताए ।
अकला आवाज साप्ताहिकका प्रधान सम्पादक डुम्रेले २०६४ देखि पूर्वाधार विकासका सन्दर्भमा अन्य छिमेकी जिल्लाको तुलनामा स्याङ्जा पछाडि परेको हुँदा नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, जनता र बौद्धिक व्यक्तित्वको आवाज एउटै बनाउन अन्तरक्रिया कार्यक्रम गरिएको बताए । अन्तरक्रियामा बोल्ने वक्ताहरूले सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग र स्याङ्जाको कनेक्टीभिटी, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारको गुणस्तरीय विकास भए मात्रै स्याङ्जाको प्राकृतिक, कृषि र पर्यटकीय सम्भावनाको सदुपयोग गरी समृद्धि हासिल गर्न सकिने बताएका थिए । कार्यक्रम प्रधान सम्पादक डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन आयुष्मा काफ्लेले गरेकी थिईन् ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
