

काददाता सेवा कार्यालय स्याङजाले सातौं स्याङजा महोत्सव आयोजना गरेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघलाई कर तिर्न ताकेता गरेको छ । करदाता सेवा कार्यालयले चैत्र २५ गते सात दिनको अवधी राखेर कर तिर्न ताकेता गरेको हो ।
यसबारे बुझ्न स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठलाई फोन गर्दा उठेन । संस्थाका महासचिव रविन्द्र के.सी.ले संस्थासग कर तिर्ने पैसा नभएको बताउदै उठ्न बाँकी रहेको रकम उठेपछी कर तिर्ने जानकारी दिए ।

कर तिर्न १ हप्ताको सिमाअवधी राखेर पत्र लेखेपनि उद्योग वाणिज्य संघले यो समाचार तयार पार्दा सम्म कर तिर्न मात्रै नभएर विवरण समेत पेश गरेको छैन् । उद्योग वाणिज्य संघले अब कर तिरेपनी जरिवाना सहितको कर तिर्नुपर्ने हुन्छ । उद्योग वाणिज्य संघको मनोमानीका कारण जरीवाना तिर्न परेको हो ।

सातौं महोत्सव गर्ने भनेर वाणिज्य संघले अस्थाई भ्याट लिएको थियो । अस्थाई भ्याट लिदा महोत्सव सकिएको ७ दिन भित्र आयव्याय दाखिला गरी कारोबारको भ्याट तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
