वालिङ खानेपानीको निर्वाचन बुधबार, अध्यक्ष पदमा ६ जनाको मनोनयन दर्ता

आँधिखोला सेरोफेरो समाचार समाज

वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन यही बैसाख १० गते बुधबार विहान ८ बजेबाट पतञ्जली योग पिठ भवन परिसरमा हुँने भएको छ । आगामी नेतृत्वका लागी एक जना अध्यक्षमा ६ जनाको उम्मेद्धवारी परेको छ । जसमा दिलिपकुमार बगाले, हालका अध्यक्ष विद्या श्रेष्ठ, हालका उपाध्यक्ष चोपनारायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, मुक्तिप्रसाद सुवेदी र दिनेश तिवारी अध्यक्षको उम्मेद्धवार छन् ।

त्यस्तै एक जना महिला उपाध्यक्षका लागी हालका उपाध्यक्ष मन्जु खड्का क्षेत्रि केसी, कल्पना अर्याल र रिमा केसीको उम्मेद्धवारी रहेको छ । त्यस्तै एक सचिव पदका लागी तेजबहादुर आले, टेकलाल खनाल, मणिप्रसाद पंगेनी, भवानी प्रसाद ढुंगाना, धु्रवप्रसाद सुवेदीको उम्मेद्धवारी रहेको छ भने एक कोषाध्यक्षका लागी रोशन बहादुर कुँवर जितेन, कृष्णबन्धु काफ्ले, भुपराज डुम्रे, बासुदेव पौडेलको उम्मेद्धवारी छ ।

एक खुल्ला सदस्यका लागी बुद्धिसागर सुवेदी, सुर्यप्रसाद काफ्ले, खेमराज खनाल, सोमबहादुर गुरुङ, युक्तप्रसाद तिवारी, ताराप्रसाद श्रेष्ठ, गोबहादुर विश्वकर्मा, र माधवप्रसाद कंडेलको उम्मेद्धवारी छ भने एक महिला सदस्यका लागी कृष्णकुमारी आलेथापा, अप्सरादेवी एसके र कमला भण्डारीको उम्मेद्धवारी छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, महिला सदस्य र खुल्ला सदस्य १÷१ गरी ६ पदका लागी २९ जनाको उम्मेवद्धारी परेको छ ।

९ सदस्यीय हुने समितिमा ३ सदस्य पछि मनोनित गरिनेछ । ६ खुल्ला पदका लागी गत चैत्र २५ गते संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनको उद्दघाटन गरिएको थियो । वालिङ ८ कटौँजेमा रहेको वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ३ हजार २८ घरधुरीका उपभोक्ताहरु छन् । निर्वाचनमा ३ हजार २८ उपभोक्ताले मतदान गर्नेछन् । उपभोक्ता संस्थाले झण्डै दैनिक २८ लाख प्रशोधित पानी उत्पादन गर्ने गर्दछ ।

दैनिक पाँच ओटा, मासिक कोलिफर्म र बार्षिक पानीका सबै प्यारामिटरहरु परिक्षण गरिने संस्थाले जनाएको छ । वालिङ नगरपालिकाका १, ६, ८, ९ र १० नम्वर वडाका नागरिकहरुले यो खानेपानी प्रयोग गर्दै आएको संस्थाका प्रमुख देवबहादुर बोगटीले जानकारी दिए । अव बिस्तारै वालिङका सबै वडाहरुमा प्रशोधित खानेपानी पु¥याउने लक्ष्य संस्थाको रहेको उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *