

महालेखापरीक्षकले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा स्याङजा जिल्ला भित्र बिरुवा गाउँपालिका सबैभन्दा बेरुजु कम गर्नेको सूचिमा परेको छ । बिरुवा गाउँपालिकाको कुल रकममा ०.१२ प्रतिशत मात्रै बेरुजु देखिएको महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
प्रतिवेदनका अनुसार जिल्लामा बिरुवा गाउँपालिका पछि बेरुजु कम गर्ने पालिकामा कालीगण्डकी गाउँपालिका रहेको छ । कालीगण्डकीको ०.२४ प्रतिशत मात्रै बेरुजु देखिएको छ ।

त्यसैगरी फेदीखोला गाउँपालिमा कुल बजेटको ०.३४ प्रतिशत बेरुजु देखिएको छ । बेरुजु कम गर्नेमा जिल्ला भित्र फेदीखोला गाउँपालिका तेस्रो पालिका रहेको छ । फेदीखोला पछि अर्जुनचौपारी गाउँपालिकाको बेरुजु ०.३७ प्रतिशत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

११ वटा पालिका रहेको स्याङजामा पुतलीबजार नगरपालिकाको बेरुजु मध्यम रहेको छ । पुतलीबजारको बेरुजु ०.६१ रहेको छ भने गल्याङ नगरपालिकाको बेरुजु ०.६६ प्रतिशत रहेको सार्वजनिक भएको छ । जिल्लामा सबै भन्दा धेरै बेरुजु ४.६३ प्रतिशत रहने पालिका हरिनास गाउँपालिका रहेको प्रतिवेदनमा देख्न सकिन्छ ।
चापाकोट नगरपालिकाको बेरुजु २.०४ प्रतिशत रहेको छ । त्यसैगरी वालिङ नगरपालिकाको बेरुजु १.०१ प्रतिशत, भीरकोट नगरपालिको ०.८० र आँधिखोला गाउँपालिकाको ०.७८ प्रतिशत बेरुजु रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।