

हरिनास गाउँपालिका–३, चुईकुनामा भएको अबैध उत्खननको समाचार प्रकाशन पश्चात जिल्ला समन्वय समिति स्याङजा र जिल्ला प्रशासन कार्यालय स्याङजाले अनुगमन गरेका छन् । समन्वय र प्रशासनले हरिनास गाउँपालिकाको समन्वयमा अनुगमन गरेका हुन् ।
अनुगमन पछि अनुगमन समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले समाचारमा जस्तै अबैध उत्खनन गरेको र हरिनास गाउँपालिकामा राजश्व नतिरेको पाईएकाले उत्खनन रोक्न र राजश्व तिर्न सम्बन्धीत निकायलाई निर्देशन दिईएको जानकारी दिए । प्रजिअ अर्यालले अन्य पालिकाहरुमा पनि क्रमश अनुगमन गरिने बताए ।

अनुगमन पछि जिल्ला समन्वय समितिले हरिनास गाउँपालिकालाई उत्खनन भएको निर्माण सामाग्रीको मुल्याङकन गरी राजश्व उठाउन पत्राचार गरेको थियो । सोही पत्र अनुसार हरिनास गाउँपालिकाले अबैध उत्खनन गर्ने आर एक्स टुण्डी जेभी निर्माण कम्पनीलाई राजश्व तिर्न पत्र काटेको छ ।

पुतलीबजार नगरपालिकाको घुम्ती देखी विरुवा र हरिनास गाउँपालिकाको सिमाना चिसापानी सम्म सडक कालोपत्रे गर्ने भन्दै आर एक्स टुण्डी जेभी निर्माण कम्पनीले हरिनास–३, चुईकुनामा अबैध उत्खनन गरेको थियो । १÷२ दिनमा निर्माण कम्पनीले मुल्याङकन अनुसार पालिकामा २ लाख ५० हजार राजश्व बुझाउने तयारी गरेको पालिकाले जानकारी दिएको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।