

हरिनास गाउँपालिका–३, चुईकानामा अबैध उत्खनन गर्ने आर एक्स टुण्डी जेभी निर्माण कम्पनीले हरिनास गाउँपालिकाको कार्यालयलमा राजश्व जम्मा गरेको छ । निर्माण कम्पनीले पालिकामा अबैध उत्खनन् बापत २ लाख ५६ हजार राजश्व तिरेको पालिकाले जानकारी दिएको हो ।
आँधिखोला एक्सप्रेस डटकममा अबैध उत्खननको समाचार प्रकाशन पछि सम्बन्धीत पालिका हरिनास गाँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले सयुक्त रुपमा अनुगमन गरी समन्वय समितिले कारबाही गर्न पालिकालाई पत्र काटेको थियो । सोही पत्र अनुसार हरिनास गाउँपालिकाले पनि अबैध उत्खनन गर्ने निर्माण कम्पनीलाई राजश्व तिर्न पत्र काटेको थियो ।

पुतलीबजार नगरपालिकाको घुम्ती देखी विरुवा र हरिनास गाउँपालिकाको सिमाना चिसापानी सम्म सडक कालोपत्रे गर्ने भन्दै आर एक्स टुण्डी जेभी निर्माण कम्पनीले हरिनास–३, चुईकुनामा अबैध उत्खनन गरेको थियो । कम्पनीले लगातार २ वर्ष देखी उक्त क्षेत्रमा उत्खनन् गर्दै आएको थियो ।

सडक निर्माणका लागि सडक डिभिजन कार्यालय पोखरामा २०७९ असारमा सम्झौता भएकोमा निर्माण कम्पनीले तोकीएको समय २०८१ असारमा काम सम्पन्न गर्न नसकेपछी २०८२ असोज ३० गते सम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडक निर्माण गर्न २० करोडको लागतमा सडक डिभिजन र निर्माण कम्पनी विच सम्झौता भएको थियो ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।