

पुतलीबजार नगरपालिका–१, प्रगतिनगरमा रहेको डोको मार्टले म्याद गुज्रेका खाद्यान्य सामाग्री वितरण गरेपछी जिल्ला प्रशासन कार्यालयले छापा हानेको छ । एक सरकारी कार्यालयले खरिद गरेको विस्कुट म्याद गुज्रेको भेटेपछी उक्त डोको मार्टमा प्रशासनले छापा हानेको हो ।
प्रगतिनगरमा कार्यालय रहेको सामाजिक विकास कार्यालयले डाेकाेमार्टबाट खरिद गरेका विस्कुट म्याद गुज्रेका पाईएपछी मार्टमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए । अनुगमनका क्रममा प्रशासनका कर्मचारी, उपभोक्ता मन्चका पदाधीकारी र पत्रकार लगायतको उपस्थीती रहेको थियो ।

सहायक प्रजिअ पौडेलले अनुगमनका क्रममा तेलका गेलिन, पिय पदार्थ लगाएतका सामाग्रीहरु म्याद गुज्रेका भेटिएको बताए । म्याद गुज्रेका खाद्यान्य सामानहरु नष्ट गरिएको र मार्ट संचालकलाई समेत सचेत गराईएको उनले जानकारी दिए ।

प्रगतिनगरमा रहेको डोको मार्टले म्याद गुज्रेका खाद्यान्य सामानहरुको विक्री वितरण मात्रै नभएर कालो बजारी सृजना गर्ने हेतुले बाहिरी पसलहरुमा भन्दा महंगो दरमा सामान विक्रि वितरण गर्दै आएको स्थानीयहरुले बताएका छन् ।
मार्ट सन्चालक अनन्तकुमार श्रेष्ठलाई सम्पर्क गर्दा आफु १÷२ दिन देखी स्याङजा बाहिर रहेको जानकारी दिए । यसबारे आफुलाई केही जानकारी नभएको उनले बताए । थप बुझ्न खोज्दा अर्का संचालक एकबहादुर गोदार रमेशको फोन उठेन ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
