रेग्मी बन्धु समाज स्याङजाको भेला सम्पन्न, अध्यक्षमा नवदत्त चयन

आँधिखोला सेरोफेरो समाचार समाज

कौशिक गोत्रीय रेग्मी बन्धु समाज स्याङजाको जिल्ला भेला तथा भेटघाट कार्यक्रम पुतलीबजार नगरपालिका–५ हरिहर धाम नयाबजारमा सम्पन्न भएको छ । नयाँ कार्यसमिति गठन गर्ने तथा धर्मको महत्व प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कौशिक गोत्रीय रेग्मी बन्धु समाजका केन्द्रिय अध्यक्ष निल प्रसाद रेग्मीले वर्तमान समयमा धार्मीक महत्व बड्दै गएको बताउदै आफ्नो गोत्रको प्रचार प्रसार गर्नुपर्ने समय आएको बताए । उनले आफ्नो गोत्र विर्सन नहुने बताउदै गोत्रमा धार्मीक ज्ञान रहेको जानकारी समेत दिए ।

कार्यक्रममा सूर्य प्रसाद रेग्मी, बुद्धि प्रसाद रेग्मी, विष्णुमणि रेग्मी, टिकाराम रेग्मी, सुधीर रेग्मी, सुदर्शन रेग्मी र लोकनाथ रेग्मी लगाएलते मन्तव्य राखेका थिए । साथै सोही भेलाले नवदत्त रेग्मीको अध्यक्षतामा कौशीक गोत्रीय रेग्मी बन्धु समाज स्याङजाको नया कार्य समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कपिलमणि रेग्मी, सचिवमा शैलेन्द्र रेग्मी, सहसचिवमा अनिता रेग्मी र कोषाध्यक्षमा छायारेवी रेग्मी रहेका छन् । समितिको सदस्यहरुमा लक्ष्मीकान्त रेग्मी, नारायण रेग्मी, महेश्वर रेग्मी, कृष्ण रेग्मी, शेषकान्त रेग्मी र कमलापति रेग्मी रहेका छन् । सोही भेलाले रुद्रप्रसाद शर्मा रेग्मी, कुलप्रसाद रेग्मी र टुक प्रसाद रेग्मीलाई सल्लाहकारमा चयन गरेको छ । स्याङजा जिल्ला संयोजक रुद्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महेश्वर रेग्मीले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *