कांग्रेस र एमाले बीचको वार्ता बिना निष्कर्ष सकियो

पत्रपत्रिका बाट राजनीति समाचार समाज

नेकपा एमाले आफ्नो अडानमा लचिलो नहुँदा निर्णायक मानिएको कांग्रेस र एमाले बीचको वार्ता बिना निष्कर्ष सकिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवाश बालकोटमा बसेको दुई पार्टीका नेताहरुको बैठकमा नेकपा एमालेले संसदमा राखेको मागलाई नै अडान बनाउँदा बैठक निष्कर्ष बिहिन बनेको हो ।

दुवै पार्टीका शिर्ष नेता तथा पदाधिकारी स्तरमा भएका आधादर्जन बैठकमा नेकपा एमालेले तत्कालिन एमालेका १४ जना सांसदलाई कारवाही गर्नुपर्ने माग राख्दै आएको छ । आजको बैठकमा पनि एमालेले पुनः त्यहि माग दोहो¥याएको छ । बैठक पछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदमा आफूहरु उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको र सत्ता गठबन्धनको भएको र एमसीसीका बारेमा गठबन्धनमा रहेका दलको राय स्पष्ट हुनुपर्ने विषय बैठकमा राखेको बताए । आफुहरुको यी दुई माग बारे सरकारको ठोस धारणा नआउदा सम्म एमालेले निष्कर्ष दिन नसक्ने बताए ।

यता बैठक पछि बोल्दै नेपाली कांग्रेसका नेता एवं संचारमन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव नेकपा एमालेले अझै स्वीकार नगरेको बताए । दुवै पार्टीका दोश्रो तहका नेताहरुले सहमतिको खाका तयार गरेर शिर्ष नेताको बैठकमा प्रस्तुत गर्ने तयारीका साथ छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेन ।

आजको बैठकमा नेकपा एमालेका नेताहरुले एमसिसीको बिषयमा सत्ता साझेदार दलहरुको बीच समानरुपको स्पष्ट धारणा बनाएर छलफलमा आउन दबाब दिएको बुझिएको छ । आजको बैठकमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगनकुमार थापा र संचारमन्त्रि ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए । यता नेकपा एमालेको तर्फबाट बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *