

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले आगलागीबाट क्षति भएको पुतलीबजार नगरपालिका १० सुम्रेखोलाका शालिकराम अर्यालको परिवारलाई गैर खाद्य सामग्री वितरण गरेको छ । रेडक्रस स्याङ्जाले गैर खाद्य सामग्री अन्तर्गत कम्बल, ब्लान्केट त्रिपाल, भाडासेट लगायतका सामग्री अर्यालको परिवारलाई प्रदान गरेको रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिए ।
उनले नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले दुखको घाउमा महलम लगाउने र विपदको घडिमा पीडितहरुलाई संस्थाले सक्ने सहयोग गर्दै आएको बताए । सोहि अभियान अन्तर्गत अर्यालको परिवारलाई सो सामग्री प्रदान गरिएको सभापति अर्यालले बताए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी स्याङ्जा चक्रकमला उपशाखाले सोही परिवारलाई आर्थिक सहायता पुर्याउने उद्देश्यले नगद ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति अर्याल सहित कोषाध्यक्ष गणेश थापा, रमेश रेग्मी, चुणामणी रेग्मी र चक्रकमला उपशाखाका पदाधिकारीहरुले संयुक्त रुपमा अर्यालको परिवारलाई गैर खाद्य सामग्री र आर्थिक सहयोग गरेका थिए ।

आइतबार बिहान करेन्ट सर्ट भइ आगलागी हुँदा अर्यालको एकतले पक्की घरको सटर कोठामा सञ्चालनमा रहेको अतिरिक्त हुलाक सेवाको कार्यालय र सोही स्थानको किराना पसलमा क्षति पगेको थियो ।
सो घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।