स्याङ्जाको वालिङमा ॐकार कप आयोजना

News खेलकुद समाचार समाज स्वास्थ्य

स्याङ्जाको वालिङमा स्थापना भएको संस्था ॐ कार इभेन्टस हबले आफ्नो पहिलो कार्यक्रमको रुपमा फस्ट ॐकार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गरेको छ । वालिङ खेलमैदानमा आयोजना भएको सो प्रतियोगिता पौष २९ देखि माघ ३ सम्म चल्ने हबका प्रबन्धक नवराज पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने समुहले १ लाख रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछ भने दोस्रो हुने समुहले ५० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा भाग लिने समुहका लागि ५ हजार रुपियाँ दर्ता शुल्क राखिएको पौडेलले बताए । हबले आफ्ना संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिएर प्रतियोगिता सफल बनाउने गरि जुटेको छ । खेल संयोजकमा राज गुरुङ र कार्यक्रम संयोजकमा विजय विक्रम खाण रहेका छन । हबले प्रतियोगीताका नियमहरु समेत सार्वजनिक गरेको छ । जसमा सहभागी प्रत्येक टिममा १ जना ५० वर्ष भन्दा बढि उमेर समुहको हुनुपर्ने र अन्य खेलाडीहरु ४० वर्ष भन्दा माथिको हुनुपर्ने जनाएको छ भने टिमका सबै खेलाडीहरु एउटै जिल्लाको हुनुपर्ने नियम राखेको छ ।

हब केही समय अघि मात्रै स्थापना भएको हो । नवगठित ९ सदस्यीय कार्यसमितिको अध्यक्षमा विजय मल्ल, उपाध्यक्षमा नविन गुरुङ , सचिवमा बिजय बिक्रम खाण, कोषाध्यक्षमा दिप गुरुङ रहेका छन । यस्तै, सदस्यहरुमा उमराज गुरुङ, सागर थापा, ओम गुरुङ, साजन पङ्गेनी, शङ्कर थापा रहेका छन भने सस्थाको प्रबन्धकमा नवराज पौडेललाई मनोनित गरिएको छ ।

हबले खेलकुद, दुर्ब्यसनी विरुद्धका कार्यक्रम, युवा, वृद्ध बालक सबै उमेर समुहलाइ लक्ष्यित गर्दै कार्यक्रम गर्ने उद्देश्यका साथ अघि बढेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *