संस्थागत विद्यालय अध्यापक संघ स्याङ्जाको जिल्ला कार्यसमिति गठन, अध्यक्षमा डोलराज पङ्गेनी चयन

News समाचार समाज

नेपाल संस्थागत विद्यालय अध्यापक संघ स्याङ्जाकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस स्याङ्जाको कार्यालयमा सम्पन्न अधिवेशनले तदर्थ समितिका अध्यक्ष डोलराज पङ्गेनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको नेपाली काङ्ग्रेस पुतलीबजारका सभापति सुरज कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको संस्थापक विद्यालय अध्यापक संघ नेपालको केन्द्रिय अधिवेशनका लागि स्याङ्जा १ र २ बाट ५/५ जना गरि कुल १० जना केन्द्रीय अधिवेशन प्रतिनिधि समेत चयन गरिएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले नवनिर्वाचित पदाधिकारी, सदस्य र चयन भएका केन्द्रिय प्रतिनिधिहरूलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा नेपाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, सचिव दामाेदर लम्साल, पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी , स्याङ्जा २ का क्षेत्रीय सचिव फणिनारायण रेग्मी, चापाकाेट नगर सभापति विक्रम सारु लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल संस्थागत विद्यालय अध्यापक संघ स्याङ्जाको तदर्थ समितिका अध्यक्ष डोलराज पङ्गेनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *